काठमाडौं । एनएमबि क्यापिटल र मुक्तिनाथ क्यापिटलको साधारण सभा शुक्रवार आयोजना गरेका छन् ।
एनएमबि क्यापिटलले बिहान ११ः३० बजे आरण्य बुटिक होटल मनकामना मार्ग, हात्तिसारमा साधारण सभा बोलाएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आव २०७७र ७८ को मुनाफाबाट ३० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै मुक्तिनाथ क्यापिटलले अपरान्ह ४ बजे होटेल क्राउन इम्पेरियल रविभवनमा साधारण सभा बोलाएको छ । सभाले १८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।