३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दशैंमा मासु मात्र खाने हो कि दाँतको पनि ख्याल गर्नुहुन्छ ?

दशैंमा मासु मात्र खाने हो कि दाँतको पनि ख्याल गर्नुहुन्छ ?
अ+ अ-

काठमाडौं । नेपालमा दशैं भन्नासाथ मासु स्वत जोडिन्छ । मासुसँग दाँत । हो, चाडपर्व भित्रिदाँ खानाका विविध परिकार खाने सौखिन नेपालीको जमात बढ्दो छ । दशैंमा मुख्य खानाको रुपमा मासुका परिकारहरुलाई लिइने गरिन्छ । फूलपाती देखी कोजाग्रत पूर्णिमा सम्म एक हप्ता सामान्यतया अलि बढी नै मानिसहरु मासुका परिकारहरु खाने गर्दछन् । तर मासु खाँनुअघि र खाइसकेपछि तपाइँले दाँतको सरसफाइ र सुरक्षाको बारेमा ख्याल गर्नुभएको छ रु 

विशेष गरि दशैंमा मासु धेरै खाने भएपछि दाँतमा हुनसक्ने प्रमुख खतरा भनेको धेरै साह्रो कुरा ९जस्तैः मासुको हड्डी, खाना खाएपछि खाइने सुपारी–छुर्पी आदि० चपाउँदा दाँत चोइटिनसक्छ । थरिथरिका स्वादिला परिकार खानेबेला पनि दुई दाँतको बीचमा खाना अड्किन सक्छ । पहिले नै चेप छ वा किराले खाएको छ भने, झनै खाना अड्किन्छ । अड्किएका खाना समयमै सफा नगरे कुहिन थाल्छ र त्यसले अम्ल निकाल्छ। कुहिएको खाना र अम्लले दाँतलाई पनि कुहाएर पीडा दिन्छ । गिजामा समेत संक्रमण बनाउँछ । गिजा संक्रमित हुँदा गिजा सुन्निने, खुकुलो हुने, रातो वा निलो हुने, रगत बग्ने र हड्डी कमजोर हुने जस्ता समस्या आउँछन् । हड्डी नै कमजोर भएपछि दाँत हल्लिने, टनटन दुख्ने, चपाउन नसक्ने हुल्छ ।

जुनसुकै उमेर समूहका लागि दाँत सफा र स्वस्थ हुनु आवश्यक हुन्छ । दाँत सफा राख्ने कुरालाई कसैले पनि लापर्बाही गर्न नहुने चिकित्सकको भनाइ छ । यदि दाँतको समयमै उपचार हुन नसके दाँत निकाल्नुको विकल्प रहँदैन । आरसिटी भनेको सङ्क्रमित दाँत रोगीलाई गरिने अन्तिम उपचार पद्धति हो । 

पर्वहरुमा धेरै बढि पोलेका मासुका परिकारहरु, धुम्रपान, मद्यपान साथसाथै एकैपटक लगातार खाइरहँदा दाँत, मुख तथा गिजा सामान्य अवस्थामा भन्दा बढि शिथिल तथा सुख्खा बन्न जान्छन् । त्यसैले मासुका परिकार खानु अघि राम्रोसँग पकाएर तथा गलाएर मात्र खाने । 

यदि खाने कुरा अड्की हालेमा त्यसलाई तुरुन्तै निकाल्नको लागी एक किसिमको धागो (डेण्टल फ्लस) को सहायता लिने । दशैंमा धेरै नै टुथ पिकको प्रयोग हुने हुदाँ त्यसले गिजा तथा दाँतमा समस्या निम्त्याउने । सकभर त्यसको प्रयोग नगर्ने, धेरै तातो खानेकुराले मुख भित्रका नरम छालाहरुमा असर गर्ने भएकोले सेलाएर मात्र खाने । रातीको खानापछी सधै ब्रस गर्ने र दिउँसोको हल्का खानापछी कुल्ला गर्ने ।

धेरै तातो र चिसो खानेकुरा एकैपटक नखाने, दाँतको समस्या हुनेले साह्रो खानेकुराको प्रयोग कम गर्ने फ्लोराईडयुक्त टुथपेस्टको प्रयोग गर्ने । दाँतको समस्या आउन सक्ने हुदाँ दाँतको समस्या देखिनासाथ स्वास्थ्य परीक्षण गराउनु पर्छ । (एजेन्सीको सहयोगमा)