३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डमा खुलेआम गाँजा पिउन छुट



अ+ अ-

बैंकक । थाइल्याण्ड घरमै गाँजाको उपभोग र खेतीलाई वैधानिकता दिने एसियाकै पहिलो देश बनेको छ। थाइल्याण्डका जनताले अब गाँजा पिउन मात्र नभई यसलाई तरकारीको रूपमा उत्पादन गर्न सक्नेछन् ।

थाई सरकारले प्रतिबन्धित औषधिको सूचीबाट गाँजालाई हटाएको छ। थाइल्याण्डका स्वास्थ्यमन्त्री अनुटिन चार्नविरकुलले यो घोषणा गर्दै खुशी मनाएका हुन् । सरकारले देशभर १० लाख गाँजाको बीउ पठाउने योजना बनाएको उनले बताए ।

स्वास्थ्यमन्त्रीले थाइल्याण्डलाई ‘विड वन्डरल्याण्ड’का रूपमा विकास गर्न चाहेको बताए । अब नयाँ नियमअन्तर्गत थाइल्याण्डका मानिसहरूलाई मेडिकल आधारमा गाँजाको उत्पादन गर्न, खान र बेच्न अनुमति दिइएको छ।

यद्यपि शौखिनरुपमा गाँजाको खपत अझै पनि प्राविधिकरूपमा निषेधित छ। यति मात्र होइन सरकारले बेच्ने गाँजाको टीएचसी स्तरमा प्रतिबन्ध लगाएको छ। यसको उद्देश्य रक्सी पिउनेहरूलाई मादक पदार्थबाट जोगाउनु हो र यसको प्रयोग पीडा कम गर्न मात्र गरिएको हो।

यही समयमा गाँजालाई समर्थन गर्नेहरू यो कदमले यसको उत्पादनलाई अपराध नबनाउने बताएका छन् । थाइल्याण्ड सरकारले गाँजा बालीबाट मनग्गे आम्दानी हुने र कोरोनाका कारण आएको मन्दीबाट अर्थतन्त्र बाहिर निस्कने आशा लिएको छ ।

गाँजाबाट बनेको मिठाई बेच्ने चोकवान किट्टी चोपका भन्छन्, “कोरोनापछि अर्थतन्त्र ओरालो लागेको छ, हामीलाई यसको साँच्चै आवश्यकता छ ।”

थाइल्याण्डका केही मानिसहरूले गाँजा पिउने अनुमति पाएपछि ठूलो उत्साहका साथ मनाए। उनीहरुले क्याफेमा गएर हेम्प प्लान्टको भागबाट बनाइएको र लागुऔषधको सम्भावना कम भएको गाँजा किने।

यी मानिसहरू बैंककको हाईल्यान्ड क्याफेमा पुगे जहाँ उनीहरूले उखु, बबलगम, पर्पल अफगानी र यूएफओको नाममा हेम्पबाट बनेका चीजहरू किनेका थिए।

गाँजा किन्ने पहिलो व्यक्ति रित्पोङ बच्कुलले भने, “म अब म गाँजा पिउने हुँ भनेर चिच्याउन सक्छु। मैले यसलाई लुकाउन आवश्यक छैन किनभने पहिले यसलाई अवैध लागूपदार्थ मानिन्थ्यो।” एजेन्सीको सहयोगमा