३१ जेष्ठ २०८३, आईतवार
,
Latest
असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपमा शरणार्थीको रूपमा झन्डै ५० लाख यूक्रेनीको निवेदन: राष्ट्रसंघ



अ+ अ-

जेनेभा । रूसले चार महिना पहिले आक्रमण सुरु गरेदेखि नै युरोपभर झण्डै पाँच लाख युक्रेनी शरणार्थीको रूपमा दर्ता भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ ।

संयुक्त राष्ट्र शरणार्थी निकाय युएनएचसिआरले भनेको छ, “युक्रेन युद्धले विश्वकै सबैभन्दा ठूलो मानव विस्थापन संकट निम्त्याएको छ ”।

युक्रेनी स्थितिको बारेमा एजेन्सीको डेटा पोर्टलमा अद्यावधिक तथ्याङ्कले युद्धग्रस्त यूक्रेनबाट कूल ४८ लाख १६ हजार ९२३ युक्रेनी शरणार्थीको रूपमा दर्ता भएको देखाएको छ ।

युएनएचसिआरको तथ्याङ्कले यूक्रेनबाट ७३ लाखभन्दा बढी व्यक्ति जून ७ सम्ममा सीमा पार गरेको रेकर्ड गरिएको छ । उक्त तथ्याङ्कले देखाएअनुसार अर्को २३ लाखभन्दा बढी मानिसहरू स्वदेश फिर्ता भएका छन् ।

विदेश पलायन भएकामध्ये ९० प्रतिशत महिला र बालबालिका रहेको राष्ट्रसंघले बताएको छ । १८ देखि ६० वर्ष उमेर समूहका पुरुष सैनिक सेवाका लागि योग्य छन् र त्यहाँबाट जान सक्दैनन् ।

युक्रेनबाट भागेकाहरूबाहेक संयुक्त राष्ट्रसंघको अन्तरराष्ट्रिय बसाइँ सराइ संगठनले अनुमान गरेअनुसार ८० लाखभन्दा बढी मानिसहरू यस आक्रमणसँगै स्वदेशमा नै विस्थापित भएका छन् ।

युक्रेनबाट बाहिर निस्केका आधाभन्दा बढी छिमेकी पोल्याण्डमा आएका छन् । पोल्याण्डमा ३८ लाख मानिसहरूले शरण लिएकोमा झण्डै आधा व्यक्ति स्वदेश फर्किएका छन् ।

युएनएचसिआरले पोल्याण्डमा ११ लाख ५० करोड युक्रेनीले शरणार्थीको रूपमा नाम दर्ता गरेको बतायो । पोल्याण्डबबबाहेक हंगेरी, रोमानिया, स्लोभाकिया र मोल्डोभाजस्ता अन्य छिमेकी देशहरूमा पनि सयौं हजार मानिसहरू प्रवेश गरेका छन् । ती प्रत्येक देशमा हजारौंले शरणार्थीले शरणार्थीका लागि आवेदन दिएका छन् ।

युरोपका अन्य देशहरू, जर्मनीमा झन्डै सात लाख ८० हजार, चेक गणतन्त्रमा झन्डै तीन लाख ६७ हजार र स्पेनमा एक लाख १८ भन्दा बढी युक्रेनीले शरणार्थीका रूपमा आवेदन दिएका छन् । अन्य युरोपेली देशहरूमा पनि हजारौं शरणार्थीले निवेदने दर्ता गरेका छन् ।