१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा भएको छैनः लक्ष्मणलाल कर्ण



अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री देउवाले पनि आफुहरुलाई मन्त्री हुन आउ नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको । प्रधानमन्त्रीले हामीलाई मन्त्रीमा आउ भन्दै नभनेको कुरो तपाईहरु बिस्तृत रुपमा प्रचार गरिराख्नु भएको छ ।’

सांसद कर्णले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो– बाटोबाट लोकतान्त्रिक समाजवादी पार्टीलाई एकिरणका लागि आव्हान गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । अध्यक्ष यादवले विगतमा आफुहरुलाई पार्टी बाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उहाँले अहिले संकटमा परेकाले सहयोग खोजेको बताउनुभयो । अध्यक्ष यादवको संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘बाटोमा उहाँ बोलिराख्नु भएको छ । हामीसँग कुनै कुरा गर्नुभएको छैन । हामी उहाँको पार्टी फुटिराख्दाखेरी एकिकरण गरेर जोगाएको होइन ? त्यसमा म समेत महन्थ ठाकुरलाई उहाँले निकाल्दिएको होइन ? पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन ? अनि के को मेल ? आज फेरी पार्टीमा संकट उत्पन्न भएको छ उहाँको । संकट उत्पन्न भयो भने हाम्रो सहयोग खोज्ने । र संकट निवारण भएपछि लखेट्दिने । अनि अहिले आएर फेरी बाटो बाटोमा कुरा सुनिराखेको छु एकिकरणको । के को लागि एकिकरण ? किन एकिकरण ? हामीसँग उहाँले कुनै कुरा गर्नुभएको छैन ।’

सांसद कर्णले औपचारिक रुपमा एकिकरणको प्रस्ताव नआएको उल्लेख गर्दै के को लागि ? र किन एकिकरण गर्नुपर्ने हो ? भन्ने प्रश्न गर्नुभयो ।