२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा बिरामीको चाप



फोटो : फाइल
अ+ अ-

वालिङ । मौसममा आएको परिवर्तनसँगै वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा दैनिक बिरामीको चाप बढेको छ । केही दिन यता गर्मी बढेसँगै विभिन्न रोगका बिरामी अस्पतालमा उपचारका लागि आउनेक्रम बढेको सूचना अधिकारी उदय पौडेलले जानकारी दिनुभयो ।

“सामान्यतया दैनिक १५० देखि २०० ले सेवा लिनुहुन्छ”, उहाँले भन्नुभयो, “मौसम परिवर्तनसँगै अहिले दैनिक ३०० बढीले सेवा लिन थाल्नुभएको छ ।” उपचारमा आउने बिरामीमा बढी ज्वरो र झाडापखाला, बान्ता लगायतका छन् । “मौसम परिवर्तन, दुषित खानेपानी तथा खानपानमा ध्यान नदिँदा ज्वरोको प्रकोप फैलिएकोले पानी शुद्धिकरण गरेर खाने, बासी सडेगलेका वा बाहिर जहाँ पायो त्यहीँको खानेकुरा नखान सुझाव दिएका छौँ”, उहाँले भन्नुभयो, “अस्पतालमा स्याङ्जासहित दक्षिण पर्वतका केही भेगका बासिन्दाले प्रत्यक्ष सेवा लिन्छन् ।”

बिरामीको अवस्था हेरेर केहीलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरिएको छ । केहीलाई औषधि र आवश्यक परामर्शसहित घरमै सुरक्षित रहन अनुरोधसहित पठाउने गरिएको छ । उपचारमा आउने बिरामीमा विशेष गरी ज्वरो आउने, खोकी लाग्ने, खान मन नलाग्ने, शरीर दुख्ने, बान्ता हुने, झाडापखला, आउँ, टाइफाइडका लक्षणहरु भेटिएको उहाँले बताउनुभयो ।




भर्खरै