२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकदिनमा चार हजार २७० कोरोना सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारत शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २७० जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

करिब तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण ४ हजार नाघेको थियो । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । गत शुक्रबार चार हजार ४१ जनामा कोरोना सङ्क्रमण भएको थियो ।

त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २४ हजार ५२ रहेका छन् । यो भारतमा हाल सम्म भएका कोरोना सङ्क्रमितको १।०३ प्रतिशत भएको जनाइएको छ ।

शनिबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ६१९ जनालाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख २८ हजार ९३ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७३ प्रतिशत रहेको छ ।

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड २६ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५३ लाख ५८ हजार ८६५ हजार खोप लगाइएको छ ।