२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ ब्रान्डको मोटरहेड मोटरसाइकल सार्वजनिक



अ+ अ-

काठमाडौं । चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल सार्वजनिक भएको छ । मोटरहेड मोटरसाइकलको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल सार्वजनिक गरेको हो । 

आज सार्वजनिक भएको मोटरसाइकल टेक्कन आर २५० नेपाली बजारमा ४ लाख ५ हजार रुपैयाँ पाइने छ भने यसमा २२३ सीसी क्षमताको इन्जिन रहेको छ ।  यो बाइकले  अधिकतम १२.५ किलोवाट पावर र टर्क १७ एनएम दिने बताइएको छ । एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनिले विगत ५ बर्षदेखि मोटरहेड ब्रान्डको डार्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्रि गर्दै आएको छ ।

फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स भएको मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै युवाहरु माझ लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ । मोटरहेड मोटरसाइकल देशका बिभिन्न १४ स्थानमा रहेको डिलर आउटलेटबाट खरिद गर्न सकिने छ ।