११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार गोविन्द पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार



पत्रकार गोविन्द पोखरेल
पत्रकार गोविन्द पोखरेल
अ+ अ-

काठमाडौँः नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२१ पत्रकार गोविन्द पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । पत्रकार पोखरेल हाल कान्तिपुर पब्लिकेशनमा कार्यरत हुनुहुन्छ ।

समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२१ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको समूहले जनाएको छ ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२१ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष अर्जुन ढकालको संयोजकत्वमा समूहका उपाध्यक्ष चन्द्रशेखर कार्की र विज्ञ सदस्य जुद्ध बहादुर गुरुङ सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको समूहले बताएको छ ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२१’ पाउने उहाँ ३५ औँ पत्रकार हुनुहुन्छ । पुरस्कारको राशि रु. २५ हजार रहेको छ ।