११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु



अ+ अ-

तनहुँ । पृथ्वीराजमार्ग सडकखण्डअन्र्तगत व्यास नगरपालिका–१२ देउरालीमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ निवासी २१ वर्षीय स्कुटर चालक ईश्वर क्षेत्री रहेका छन् । टिपरको ठक्करबाट सख्त घाइते क्षेत्रीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग१क ५५३३ नंको टिपरले विपरीत दिशामा गुडिरहेको ग१५प १४८४ नंको स्कुटरलाई ठक्कर दिँदा उक्त घटना भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

घटनापश्चात स्थानीयवासीले पृथ्वीराजमार्ग सडकखण्ड अवरुद्ध गरेका छन् ।