२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पं. नवराज शारदा स्मृति समाजद्वारा १० लाख रुपैयाँको अक्षयकोष स्थापना



अ+ अ-

काठमाडौं । पं. नवराज शारदा स्मृति समाजले विविध सामाजिक कार्यक्रम संचालन गर्न १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

पं.नवराज पौडेलको जन्मजयन्तीको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रमबीच सोको घोषणा गरिएको हो । आफ्ना अभिभावकका योगदानलाई मनन गर्दै उनीहरुप्रति सम्मान तथा समाजका लागि यथासक्य योगदान गर्ने लक्ष्यसाथ यो समाज स्थापना गरिएको हो ।

कार्यक्रम समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै बुबा पं. नवराज पौडेल तथा आमा शारदा देवी पौडेलले दिनुभएको संस्कार शिक्षा र अभिप्रेरणाकै कारण समाजका लागि केही योगदान पुर्याउन सक्ने अभिलाषाले उक्त संस्था स्थापना गरेको बताउनुभयो । साथै पं नवराज पौडेलले सनातन धर्म संस्कृति तथा सामाजिक हितमा आफ्नो सारा जीवन समर्पित गर्नुभएको उल्लेख गर्नुभयो ।

बटुकहरुद्वारा स्वस्ती वाचन तथा विशिष्ट अतिथिहरुबाट पानसमा सामुहिक दीप प्रज्वलन तथा पं.नवराज पौडेल ज्यूको तस्वीरमा माल्यार्पण गरी समाजको विधिवत् समुद्घाटनसँगै शुरु भएको सो कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरुद्वारा पं.नवराज पौडेलको व्यक्तित्व तथा योगदान बारे चर्चा गरिएको थियो ।

कार्यक्रममा पं.नवराज पौडेलसँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु तथा पौडेल परिवारका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।