७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

बागलुङको तमानखोला गाउँपालिकाले बालगृह खोल्ने

बागलुङको तमानखोला गाउँपालिकाले बालगृह खोल्ने
अ+ अ-

बागलुङ । तमानखोला गाउँपालिकाले एमबिबिएस पढ्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नयाँ जनप्रतिनिधि आएपछि सोमबार बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता दिइने उल्लेख गर्नुभयो । एमबिबिएस अध्ययन पूरा गरेपछि पाँच वर्ष गाउँपालिकाकै स्वास्थ्य संस्थामा सेवा गर्ने गरी वर्षमा एक जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको उहाँको भनाइ छ । त्यसबाट चिकित्सा शिक्षामा गाउँका विद्यार्थीको पहुँच र योग्य स्वास्थ्य जनशक्ति उत्पादनमा सघाउ पुग्ने गाउँपालिकाले विश्वास छ ।

यस्तै तमानखोलाले अभिभावकविहीन र असहाय बालबालिकालाई लक्ष्य गरी तत्कालै बालगृह सञ्चालनमा ल्याउने भएको छ । त्यस्ता बालबालिकालाई सुरक्षित आवास, पालनपोषणसँगै कक्षा १२ सम्म निःशुल्क पढाउने गरी बालगृह सञ्चालन गर्न लागिएको अध्यक्ष बुढाको भनाइ छ ।

“बुबाआमा गुमाएका र अति गरिब, विपन्न परिवारका बालबालिका जो पढाइबाट वञ्चित छन्, उनीहरुको पहिचान गरी बालगृहमा राखेर उचित हेरचाह, लालनपालनसहित कक्षा १२ सम्म निःशुल्क पढ्ने व्यवस्था गाउँपालिकाले मिलाउँछ”, उहाँले भन्नुभयो ।

यही शैक्षिक सत्रदेखि अभिभावकविहीन बालबालिकाको खोजी र पहिचान गरी बालगृहमा राखिने गाउँपालिकाले जनाएको छ । आफ्नै संरचना नबनुञ्जेल भाडाको भवनबाट बालगृह सञ्चालन गरिने अध्यक्ष बुढाले बताउनुभयो । युवाहरुलाई उद्यम र आयआर्जनतिर जोड्न गाउँपालिकाले युवालक्षित व्यावसायिक प्रोत्साहन कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।

उद्यम, व्यवसायमा लाग्ने युवाहरुलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपलब्ध गराउन पहल गर्ने र उक्त कर्जाको ऋण गाउँपालिकाले तिरिदिने निर्णय गरिएको हो । युवाहरुलाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यसहित गाउँपालिकाले सो योजना अघि सारेको हो । उद्यमको योजना, कर्जाको सीमा र मापदण्डलगायतका विषय कार्यविधि बनाएर तोकिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आफ्नो चिनारी झल्काउने पालिका गान पनि तयार गर्ने निर्णय गरेको छ । स्थानीय सर्जक बिमला पुन घर्तीको रचनालाई सङ्गीत र स्वरबद्ध गरी पालिका गानका रुपमा प्रयोगमा ल्याउने निर्णय कार्यपालिका बैठकले गरेको हो । पालिका गानका रचयिता घर्तीलाई रु १५ हजारसहित सम्मानसमेत गरिने भएको छ ।