७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलखाद र बीउबिजन उपलब्ध गराउन किसान सङ्गठनको माग



अ+ अ-

काठमाडौँ । विभिन्न किसान सङ्गठनले मलखाद र बीउबिजनको समस्या झेलिरहेका किसानलाई तत्काल मलखाद र बीउबिजन उपलब्ध गराउन माग गरेका छन् ।

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल प्रगतिशील किसान सङ्घ र अखिल नेपाल किसान युनियनले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी कार्यक्रम तर्जुमा गर्न सरकारसमक्ष माग गरेका हुन् ।

बदलिएको विश्व परिस्थितिलाई मध्यनजर गर्न आग्रह गर्दै मुलुकबाट अत्यावश्यक खाद्यान्न र खाद्यपदार्थको निर्यात तत्काल रोक्न र देशमा खाद्य सङ्कटको स्थिति आउन नदिन पूर्वतयारी गर्नसमेत विज्ञप्तिमा भनिएको छ ।

साथै देशभरका किसान र आम नागरिकको दैनिक जीवनमा गम्भीर प्रभाव पार्ने गरी भएको पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तत्काल फिर्ता गर्न र जनतालाई राहत प्रदान गर्न माग गरिएको छ ।

कोरोना महामारीसँगै मुद्रास्फिति, चर्को ब्याजदर, खाने तेललगायतका खाद्यवस्तुको चरम मूल्यवृद्धिले बहुसङ्ख्यक किसान तथा आम नागरिकको दैनिकी चलाउनसमेत समस्या आएकाले पेट्रोलियम पदार्थको कर समायोजन गरी मूल्यवृद्धि फिर्ता लिने विषयलाई गम्भीर रुपमा लिन सरकारसमक्ष अनुरोध गरिएको अखिल नेपाल किसान महासङ्घका उपाध्यक्ष प्रमेश पोखरेलले जानकारी दिनुभयो ।