• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा ★   जिबी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ – लामिछाने ★   सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ ★   ‘म ग्यारेन्टी दिन्छु सलमानले कहिल्यै बिहे गर्दैनन्’ ★   गगन थापाले स्वीकारे गृहमन्त्री रवि लामिछानेको चुनौति, प्रमाण पुर्याउन नसके राजनीति छोड्ने ★   भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै ★   धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र ★   गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ ★   धोनीका फ्यान मैदानमा प्रवेश गरे, उनको खुट्टा ढोगेर अंगालो मारे ★   शनिबारको दिन राहु र केतुको यो अद्भुत पाठ जप गर्नुहोस्

निजगढ विमानस्थल नबनाउने निर्णयबिरुद्ध बिरोध प्रदर्शन



काठमाडौँ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयबिरुद्ध निजगढ वासीहरुले बिरोध प्रदर्शन गरेका छन् । आईतवार माईतीघर मण्डलामा निजगढ एयरपोर्ट विकासका पक्षधरहरुले सर्वोच्च अदालतको निजगढ विमानस्थल नबनाउने निर्णयबिरुद्ध बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा बोल्दै प्रदर्शनकारी विष्णु खड्काले सर्वोच्चले विकासको काम रोक्दा जनताहरुमा नैराश्यता पैदा भएको बताउनु भयो । उहाँले सर्वोच्च अदालतले राष्ट्रिय गौरवको योजनालाई निमोठ्ने काम गरेको भन्दै निर्णयलाई पुनरावलोकन गर्न माग गर्नुभयो । उहाँले निर्णय पुनरावलोकन नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी पनि दिनुभयो । प्रदर्शनकारी खड्काले सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण भएकोले सबै सांसदहरु एकजुट भएर विकासको योजना अघि बढाउनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निजगढ विमानस्थल नबनाउने सर्वोच्चको निर्णयले जनतामा नैराश्यता पैदा गरेको छ । राष्ट्रिय गौरवको योजनालाई निमोठिने काम भएको छ । यो निर्णयलाई पुनरावलोकन नहोउन्जेल आन्दोलन भइरहन्छ । एमसीसी पास गर्न एकजुट भएझैँ विकासको योजनामा पनि एकजुट हुने बेला भएको छ ।’

प्रदर्शनकारीहरुले के विकास र समृद्धि अधिकार होइन र ?, वातावरणको नाममा विकास रोक्न पाइँदैन, सर्वोच्च अदालतको दुर्भाग्यपूर्ण फैसला पुनःविचार गर् लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए ।

सर्वोच्च अदालतले गत बिहीवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको थियो ।