२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढ विमानस्थल नबनाउने निर्णयबिरुद्ध बिरोध प्रदर्शन



अ+ अ-

काठमाडौँ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयबिरुद्ध निजगढ वासीहरुले बिरोध प्रदर्शन गरेका छन् । आईतवार माईतीघर मण्डलामा निजगढ एयरपोर्ट विकासका पक्षधरहरुले सर्वोच्च अदालतको निजगढ विमानस्थल नबनाउने निर्णयबिरुद्ध बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा बोल्दै प्रदर्शनकारी विष्णु खड्काले सर्वोच्चले विकासको काम रोक्दा जनताहरुमा नैराश्यता पैदा भएको बताउनु भयो । उहाँले सर्वोच्च अदालतले राष्ट्रिय गौरवको योजनालाई निमोठ्ने काम गरेको भन्दै निर्णयलाई पुनरावलोकन गर्न माग गर्नुभयो । उहाँले निर्णय पुनरावलोकन नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी पनि दिनुभयो । प्रदर्शनकारी खड्काले सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण भएकोले सबै सांसदहरु एकजुट भएर विकासको योजना अघि बढाउनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निजगढ विमानस्थल नबनाउने सर्वोच्चको निर्णयले जनतामा नैराश्यता पैदा गरेको छ । राष्ट्रिय गौरवको योजनालाई निमोठिने काम भएको छ । यो निर्णयलाई पुनरावलोकन नहोउन्जेल आन्दोलन भइरहन्छ । एमसीसी पास गर्न एकजुट भएझैँ विकासको योजनामा पनि एकजुट हुने बेला भएको छ ।’

प्रदर्शनकारीहरुले के विकास र समृद्धि अधिकार होइन र ?, वातावरणको नाममा विकास रोक्न पाइँदैन, सर्वोच्च अदालतको दुर्भाग्यपूर्ण फैसला पुनःविचार गर् लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए ।

सर्वोच्च अदालतले गत बिहीवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको थियो ।