• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   योग र ध्यानमा जोड दिनु आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ ★   बागमती प्रदेशसभा बैठक बस्दै ★   महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न ★   नेपाल र युएईबीचको खेल पनि घरेलु मैदानमा नहुने ★   पहिलो पटक चिडियाखाना पुगेका आश्रमका बालबालिकाले बाघ देखेपछि… ★   भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु ★   बाल्यकालका साथी, मैदानमै मस्ती ★   गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ: प्रधानमन्त्री ★   सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि नाराबाजी गर्ने निकोलस भुसाल पक्राउ ★   तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

सम्पर्कविहीन विमानको खोजी जारी छः तारा एअर



काठमाडौं । आइतबार बिहान पोखरा देखि जोमसोम उडान भर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी जारी रहेको छ ।

जहाज अहिलेसम्म फेला परेको छैन । खोजीका लागि नेपाली सेना र प्रहरी लागि परेका छन् ।

यसैबीच, केही सञ्चारमाध्यममा दुर्घटना नै भनेर समाचार आइरहँदा तारा एअरलाइन्सले भने विमानको खोजी भइरहेको बताएको छ।

हराइरहेको विमान खोजीका लागि काठमाडौं, पोखरा र मुस्ताङमा हेलिकोप्टरहरू तयारी अवस्थामा रहेको तारा एअरलाइन्सले जनाएको छ ।

‘विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्र्पकमा आएको र सोपश्चात् सम्पर्क विहीन भएकोले सो विमानको खोजतलासका लागि जोमसोमबाट हेलिकप्टर पठाइएको तर प्रतिकूल मौसमको कारण उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको छ । खोजी तथा उद्दार कार्यको लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्याण्ड बाई रहेको र मौसम सुधार हुनासाथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गरिनेछ । नेपाली सेना, नेपाल प्रहरी र तारा एअरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरी सकेको व्यहोरा जानकारी गराउदछौं ।’ तारा एअरलाइन्सले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।