२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

पहिलो पटक चिडियाखाना पुगेका आश्रमका बालबालिकाले बाघ देखेपछि…

पहिलो पटक चिडियाखाना पुगेका आश्रमका बालबालिकाले बाघ देखेपछि…
अ अ+ अ-

ललितपुर । चिडियाखानाको गेटबाट भित्र छिरेको एकैछिनमा बालबालिकाले चर्काे स्वरले कराउँदै भने — उ, पर हेरत कत्रो बाघ रैछ । केही त डराए तर धेरै भने रमाए । आइतबार ललितपुरको जाउलाखेलस्थित चिडियाखानामा पुग्दा तुलसालय आश्रमका बालबालिका निकै रमाएका थिए ।

आश्रममा सानो टेलिभिजनमा जनावर देखेका यी बालबालिका पहिलो पटक यसरी चिडियाखानामा पुगेर प्रत्यक्ष जनावर देख्न पाउँदा निकै दंग थिए । कोहीले कुनै त कोहीले कुनै जनावरलाई मन पराए, हेरे, जिस्किए र बोलाउन खोजे । आश्रममा संरक्षणमा रहेका बालबालिकाहरुलाई त्यसभन्दा बाहिरी संसार र समाज चिनाउनका लागि संघसंस्थाहरुको सहयोगमा विभिन्न स्थानमा लैजाने त गरिएको रहेछ तर चिडियाखाना भने यो पहिलो पटक रहेछ । सोही अनुसार आश्रमले आइतबार बालबालिकाहरुलाई सदर चिडियाखानाको आवलोकन गराएको थियो ।

सदर चिडियाखानाले जुटाइदिएको यो अवसरले निकै खुसी देखिएका बालबालिकालाई देखेर त्यहाँ आएका आरु सर्वसाधारणले पनि बडो चाखले उनीहरुलाई नै हेरेका थिए । चिडियाखानाले आश्रमदेखि नै सवारी साधनको व्यवस्था गरिदिएर उनीहरुलाई चिडियाखानामा घुमघाम गर्ने र जीव जनावारको बारेमा जानकारी पाउने अवसर मिलाएको चिडियाखानाकी संरक्षण शिक्षा अधिकृत रमिता ब्यञ्जनकारले जानकारी गराउनुभयो ।

व्यञ्जनकारका अनुसार सदर चिडियाखानाले यस्तो कार्यक्रम वर्षमा एक पटक गर्ने गरेकामा यस पटक आश्रममा आश्रित बालबालिकालाई ल्याएर यो अवसर प्रदान गरिएको थियो । उनीहरुलाई विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म अवलोकन गर्ने व्यवस्थाका साथै खाजाको समेत व्यवस्थापन गरिएको हो । अवलोकनका क्रममा उनीहरुलाई अधिकृत व्यञ्जनकार, शिक्षा अधिकृत मदिसरा ढकाल र आस्था जोशीले बालबालिकाहरुलाई संरक्षित जनवारहरु चिनाउँदै उनीहरुको बारेमा व्याख्या समेत गरेका थिए । कुनै पनि कर्पाेरेट हाउस होस् या कार्यालय । सबैको सामाजिक उत्तरदायित्व फण्ड (सिएसआर) को व्यवस्था गरिएको हुन्छ ।

सो व्यवस्था अनुसार ती कम्पनी या कार्यालयको कमाइको केही प्रतिशत यो फण्डमा खर्च गर्नुपर्ने हुन्छ । सायद सदर चिडियाखानाले पनि सोही रकमको व्यवस्था गरेको हो कि कुन, त्यो त थाहा भएन । तर पनि यस्ता अनाथ आश्रम या यी बेसहारा बालबालिका तथा व्यक्तिहरुलाई सहारा प्रदान गरिरहेका आश्रमका लागि यसरी पनि यो रकम खर्च गर्न सकिन्छ भन्ने सदर चिडियाखानाको यो कार्य पनि एक उदाहरण बन्न सक्छ । चिडियाखानामा सबैको आकर्षणको केन्द्र थिइन् स्तुति ।

यो पनि पढनुहोस- स्तुतिको बोलीमा आउन खोजेकी ‘आमा’

विसं २०७८ को माघ महिनामा हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं ५ स्थित एक गरिब परिवारमा जन्मिएकी स्तुतिले आमा देख्न पाइनन् । छोराको चाहनामा छोरी जन्माउँदै आएकी आमाकी उनी सातौँ छोरी थिइन् । स्तुति जन्मिएको केही मिनेटमै उनकी आमाले पीडाका कारण सालनाल नखस्दै मृत्युवरण गरिन् । उनलाई हुम्लाको त्यो समाजको ताप र त्रास थियो जसरी पनि छोरा जन्माउनुपर्ने । सातौँ पटक पनि छोरी जन्मिएपछि सन्तानको अनुहार नै नहेरी आमाले मृत्युुबरण गरेपछि भन्न सकिन्छ कि उनले त्यही पीडामै रहेर मृत्युवरण गरेकी हुन् । बुबा दम रोगका विरामी, घरमा उनका छ दिदीहरु ।

उनलाई हेरचाह र संरक्षण गर्न सक्षम नभएपछि गाउँलेले ८-९ दिनसम्म गाईभैसीको दुध खुवाएर त राखे, त्यसपछि उनलाई बचाउने र हुर्काउने झमेला कसले ब्यहोरिदिने ? घर र आफन्तकै बोझ बन्नुपरेकी यी छोरीलाई ललितपुरको तुलसालय आश्रमले हुम्ला पुगेरै उद्धार गरेर ल्यायो र अहिले उनी २७ महिनाकी भइन् र यो जन्मकी उनकी आमा हुन् सुरु सुवेदी । आमा वितेपनि स्तुतिको मातृत्व वित्न दिइनन् सुरुले । तुलसालय आश्रमकी अध्यक्ष सरु आफैँ हुम्ला पुगेर नानीलाई ल्याइन् र आश्रममै न्वरान पनि गरिन् । उनैले राखेको नाम हो, स्तुति । सरु भन्छिन्, जसरी छोरा जन्माउन नसक्नुको पीडाले उनको आमाले मृत्युवरण गर्नुपर्यो, त्यसरी अबका दिनमा कुनै आमा मर्नु नपरोस् भन्ने स्तुति भगवानलाई गरेर उनको नाम स्तुति रोखेकी हुँ ।

ललितपुर महानगरपालिका वडा नं २५ नख्खुडोलस्थित तुलसालय आश्रमकी सञ्चालक सुवेदी अहिले सो आश्रममा जेष्ठ नागरिक मानसिक रुपमा विक्षिप्त भएकाहरुका साथै बाबुआमा गुमाएकाहरुलाई समेत संरक्षकत्व प्रदान गरिरहेको बताउनुहुन्छ । अहिले जेष्ठ नागरिक र मानसिक समस्या भएकाहरु बाहेक ३७ जना बालबालिका सो आश्रममा हुर्किएका छन् र तीमध्ये ३२ जना विद्यालय जाने गर्दछन् ।

संरक्षणमा रहेका बालबालिकाहरुको स्याहारसुसारका लागि कसरी आर्थिक व्यवस्थापन गरिरहनुभएको छ त भन्ने पंक्तिकारको प्रश्नमा उनले हाँस्दै जवाफ दिइन्, “भगवानले पुर्याएका छन् । कसैले विवाहको बार्षिकोत्सव, जन्मोत्सव, अन्य कुनै पर्वका अवसरमा दिएको सहयोग आश्रमले पाएको छ । हामीले प्रचारप्रसार गरेर चन्दा मागेका छैनौं । सुरुमा आफ्नै सम्पत्ति बेचेर आश्रम सञ्चालन गर्याैं । अहिले विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग प्राप्त भइरहेको छ ।”

उनका अनुसार नेपाल सरकारको आँखा भने अहिलेसम्म तुलसालयसम्म पुगेको छैन । आश्रममा २७ महिनादेखि १७ बर्ष सम्मका बालबालिका र ९० बर्षसम्मका जेष्ठ नागरिकहरु गरी ५३ जना हुनुहुन्छ । संरक्षणमा रहेका बालबालिकाहरुका लागि आश्रमले भैसेपाटीस्थित आदर्श सौल युवक माध्यमिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाएको छ । सबैलाई समान व्यवहार र संस्कारसहितको संरक्षण प्रदान गर्नुपर्छ भन्ने सोचअनुसार सबैलाई पठनपाठनको व्यवस्था मिलाइएको सरु बताउँछिन् ।

आइतबार यसरी चिडियाखानाले तुलसालय आश्रमलाई सम्झिएर यसरी बालबालिकालाई रमाउने अवसर प्रदान गरेकामा सुरु अध्यक्ष सरु सुवेदी निकै खुसी थिइन् । भवुक हुँदै उनले भनिन् “यो समाजमा बेसहाराहरुको पनि कोही रहेछ, हामीले गरिरहेका कामलाई पनि कसैले हेरेको या देखेको रहेछ भन्ने महसुुस गरिरहेकी छु, निकै खुसी लागेको छ ।”