• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

बाल्यकालका साथी, मैदानमै मस्ती



एजेन्सी । दिल्ली क्यापिटल्सविरुद्ध टस हारेर ब्याटिङ गरेका विराट कोहलीले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)को टोलीलाई बलियो सुरुवात गरेका थिए ।

विराट कोहलीको शानदार सुरुवात देखेर सबैलाई लाग्यो कि उनी ठूलो इनिङ्स खेल्नेछन्, तर त्यस्तो भएन । ‘किंग कोहली’ले आफ्नो २५० औँ आईपीएल खेलमा २७ रन मात्र बनाउन सके ।

उनलाई चौथो ओभरको चौथो बलमा उनका साथी इशान्त शर्माले आउट गरेका थिए । इशान्तले अफ स्टम्प लम्बाइको बल बोल्ड गरे, जसमा कोहलीले ब्याटमा प्रहार गरे र बल सिधै अभिषेक पोरेलको हातमा पुग्यो र कोहलीको विकेट लिएपछि इशान्तको खुशीको सीमा रहेन ।

अहिले इशान्त र कोहलीको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनीहरुको मित्रता देखेर सबैले भिडियोलाई मन पराइरहेका छन् ।

विराट कोहली र इशान्त शर्मा बाल्यकालका साथी हुन् । दुवै दिल्लीका बासिन्दा हुन् र दुवै दिल्लीका लागि घरेलु क्रिकेट खेल्छन् । प्रायः दुवै खेलाडी एकअर्कासँग हाँस्दै र ठट्टा गर्दै गरेको देखिन्छ ।

आईपीएल २०२४ मा दुई पुराना साथी आमनेसामने हुँदा आईपीएलको १६ वर्षमा आजसम्म कहिल्यै नदेखेको दृश्य देखियो ।

एम चिन्नास्वामी मैदानमा भएको आरसीबी र दिल्ली क्यापिटल्सबीचको खेलमा इशान्त शर्माले विराट कोहलीलाई आउट गरे र कोहली आउट हुनेबित्तिकै पूरै स्टेडियममा सन्नाटा छायो ।

दिल्ली क्यापिटल्स विरुद्ध विराटले उत्कृष्ट सुरुवात गरेका थिए तर इशान्तले उनको इनिङ समाप्त गरे । आईपीएलको १६ वर्षमा इशान्तले कोहलीलाई पहिलो पटक आउट गरेका हुन् ।

विराट कोहलीको विकेट लिएपछि इशान्तको खुशीको सीमा रहेन र उनले फेरि क्रिजमा उभिएका कोहलीलाई जिस्काउन थाले । कोहलीले पनि आफू आउट भएकोमा पत्याउन सकेनन् र हाँस्न थाले । त्यसपछि इशान्त शर्मा कोहलीको नजिक गएर धकेल्दै गरेको देखियो । दुबैले एकअर्कालाई हेरेको क्षण पनि भिडियोमा कैद गरिएको छ । अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।