६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पर्कविहीन विमानको खोजी जारी छः तारा एअर



अ+ अ-

काठमाडौं । आइतबार बिहान पोखरा देखि जोमसोम उडान भर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी जारी रहेको छ ।

जहाज अहिलेसम्म फेला परेको छैन । खोजीका लागि नेपाली सेना र प्रहरी लागि परेका छन् ।

यसैबीच, केही सञ्चारमाध्यममा दुर्घटना नै भनेर समाचार आइरहँदा तारा एअरलाइन्सले भने विमानको खोजी भइरहेको बताएको छ।

हराइरहेको विमान खोजीका लागि काठमाडौं, पोखरा र मुस्ताङमा हेलिकोप्टरहरू तयारी अवस्थामा रहेको तारा एअरलाइन्सले जनाएको छ ।

‘विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्र्पकमा आएको र सोपश्चात् सम्पर्क विहीन भएकोले सो विमानको खोजतलासका लागि जोमसोमबाट हेलिकप्टर पठाइएको तर प्रतिकूल मौसमको कारण उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको छ । खोजी तथा उद्दार कार्यको लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्याण्ड बाई रहेको र मौसम सुधार हुनासाथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गरिनेछ । नेपाली सेना, नेपाल प्रहरी र तारा एअरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरी सकेको व्यहोरा जानकारी गराउदछौं ।’ तारा एअरलाइन्सले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।