• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती ★   कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत, कांग्रेस अनुपस्थित ★   मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’ ★   स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री ★   दुर्गा मन्दिर: परियारले बनाए, गैरदलितले सघाए ★   तीन फरक घटनामा ५ जना पक्राउ ★   पाहा मार्न गएका युवा खोलामा बेपत्ता ★   जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै ★   संसदमा अबरोध: कांग्रेसको अडान कायमै ,नीति तथा कार्यक्रम के होला ? ★   क्रिप्टो र सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा २४ वर्षीय युवा पक्राउ

सम्पर्कविहीन विमानको खोजी जारी छः तारा एअर



काठमाडौं । आइतबार बिहान पोखरा देखि जोमसोम उडान भर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी जारी रहेको छ ।

जहाज अहिलेसम्म फेला परेको छैन । खोजीका लागि नेपाली सेना र प्रहरी लागि परेका छन् ।

यसैबीच, केही सञ्चारमाध्यममा दुर्घटना नै भनेर समाचार आइरहँदा तारा एअरलाइन्सले भने विमानको खोजी भइरहेको बताएको छ।

हराइरहेको विमान खोजीका लागि काठमाडौं, पोखरा र मुस्ताङमा हेलिकोप्टरहरू तयारी अवस्थामा रहेको तारा एअरलाइन्सले जनाएको छ ।

‘विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्र्पकमा आएको र सोपश्चात् सम्पर्क विहीन भएकोले सो विमानको खोजतलासका लागि जोमसोमबाट हेलिकप्टर पठाइएको तर प्रतिकूल मौसमको कारण उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको छ । खोजी तथा उद्दार कार्यको लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्याण्ड बाई रहेको र मौसम सुधार हुनासाथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गरिनेछ । नेपाली सेना, नेपाल प्रहरी र तारा एअरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरी सकेको व्यहोरा जानकारी गराउदछौं ।’ तारा एअरलाइन्सले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।