९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

गणतन्त्र दिवसमा कर्णालीका प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त

गणतन्त्र दिवसमा कर्णालीका प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त
अ अ+ अ-

कर्णाली । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले संविधानमा परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा ऊर्जा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

१५औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वाधिनता अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश प्रमुख परियारले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता नेपाली जनमानसमा भौतिक र मानसिक रुपले संस्थागत भइसकेको उल्लेख गर्नुभएको छ ।

“यस प्रकारको प्राप्त अधिकार र उपलब्धिको रक्षा, प्रयोग र थप विकास गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने पे्ररणा गणतन्त्र दिवसले प्रदान गरोस्”, सन्देशमा भनिएको छ । साथै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका क्रममा ज्यान गुमाउने शहीदहरुप्रति श्रद्धाञ्जलि तथा विभिन्न आन्दोलनमा घाइते, बेपत्ता र पीडितप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

त्यस्तै, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समतामूलक समाज निर्माणमा सबैलाई पे्ररणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

“गणतन्त्रको स्थापनापश्चातनै समावेशी, समानुपातिक शासन व्यवस्था, धर्मनिरपेक्षता, सङ्घीयतालगायतका महत्वपूर्ण राजनीतिक उपलब्धि प्राप्त गरेका छौँ, संविधानद्वारा संरक्षित लोकतान्त्रिक शासन व्यवस्थामा हाम्रो सामाजिक एवं राजनीतिक जीवनपद्दतिका रुपमा क्रमशः संस्थागत हुँदै गइरहेको छ,” मुख्यमन्त्री शाहीको सन्देशमा उल्लेख छ ।

प्रदेश प्रमुख परियार र मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमार्फत यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्नुभएको छ ।