२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक र गणतन्त्रिक व्यवस्था ल्याउँदा गरिएका प्रतिद्धबता पूरा गर्न सबै लाग्नुपर्छ: मुख्यमन्त्री भट्ट



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक र गणतन्त्रिक व्यवस्था ल्याउँदा गरिएका प्रतिबद्धता पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

धनगढीमा आज आयोजित १५औँ गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले नयाँ व्यवस्थामा नयाँपन, नयाँ व्यवहारका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न चुनौतीलाई पन्छाउँदै समृद्ध नेपाल निर्माणमा जुट्नका लागि हामी आफ्नो कतव्र्यबाट कोही पनि पछाडि पर्नु हुँदैन ।” आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले विश्वमै उत्कृष्ट मानिएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा उपलब्धि महसुस हुनेगरी काम गर्न सहमति, सहकार्य र एकताको खाँचो रहेको औँल्याउनुभयो ।

समारोहमा प्रदेश प्रमुख जोशीलाई नेपाली सेनाको टुकडीले सलामी दिनाका साथै विभिन्न समुदायको लोकसंस्कृति झल्किने झाँकी र नाच प्रस्तुत गरिएको थियो । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बाजागाजासहित आरम्भ गरिएकोे प्रभातफेरीमा कर्मचारी, प्रहरी, नेपाली सेना, सङ्घसंस्थाका प्रतिनिधि, प्रदेश मन्त्रिपरिषद्का सदस्यलगायत सहभागी हुनुहुन्थ्यो ।