५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालले सातै प्रदेशमा अन्तरक्रिया र भेला गर्ने



अ+ अ-

काठमाडौं । राप्रपा नेपालले मुलुकको सात वटै प्रदेशमा अन्तरक्रिया र भेला आयोजना गर्ने भएको छ । केही दिन अघि काठमाडौंमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितीको निर्णय बमोजिम कार्यक्रम आयोजना गरिन लागिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

महामन्त्री बर्तौलाका अनुसार ‘जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत ‘बर्तमानका चुनौती र बिकल्प ‘ बिषयमा बुद्धिजीवी बर्ग, नागरिक समाजका अगुवा तथा विभिन्न पेशा,बर्ग,क्षेत्र ,समुदायका प्रतिनिधिहरुसङ्ग अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ । यसका साथ साथै सातै प्रदेशमा प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम पनि आयोजना हुने बर्तौलाले बताए।

पहिलो चरणमा यहि जेष्ठ १८ र १९ गते बागमती प्रदेशको हेटौंडामा , २१ र २२ गते १ नम्बर प्रदेशको बिराटनगरमा , २३ र २४ गते मधेस प्रदेशको जनकपुरमा २५ र २६ गते लुम्बिनीको बुटवलमा र २७ र २८ गते गण्डकीको पोखरामा कार्यक्रम तय भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष कमल थापा सहभागी हुने समेत महामन्त्री बर्तौलाले जानकारी दिए । उनका अनुसार बाँकी दुई प्रदेशमा हुने कार्यक्रमको मिति पनि चाढै नै तय गरिनेछ ।




भर्खरै