९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

प्रतिनिधिसभाः नीति तथा कार्यक्रममाथि सांसदको पक्ष–विपक्षमा मत

प्रतिनिधिसभाः नीति तथा कार्यक्रममाथि सांसदको पक्ष–विपक्षमा मत
संसद बैठक
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि सांसदहरूले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राख्नुभएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै गठबन्धन दलका सांसदहरूले पक्षमा धारणा राख्नुभयो भने प्रतिपक्ष दलका सांसदहरूले विपक्षमा भनाइ राख्नुभएको थियो । छलफलमा ५० भन्दा बढी सांसदले भाग लिनुभएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गोकर्ण विष्टले नीति कार्यक्रमले नेपाली युवालाई सही ढङ्गले दिशा दिन नसकेको आरोप लगाउनुभयो । उहाँले सात दशकभन्दा लामो समयदेखि वैदेशिक सहायता लिइँदै आइएको स्मरण गर्दै त्यसले आफ्नो स्वाधिनतालाई बन्धक बनाइरहेको बताउनुभयो । वैदेशिक सहायतालाई पुनरावलोकन गर्दै प्रविधि र ज्ञान भित्र्याउने गरी नयाँ सोचका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद विष्टले शिक्षा, स्वास्थ्य र खाद्य सुरक्षामा गम्भीरताका साथ ध्यान नदिएको बताउनुभयो । परम्परा कायम गरेको तर राष्ट्रव्यापीरूपमा आर्थिक र खाद्य सङ्कट परिरहेको छ, मूल्यवृद्धि र बेरोजगारीको अवस्था रहे पनि यसलाई सामाना गर्ने गरी नीति तथा कार्यक्रम आउन नसकेको उहाँले बताउनुभयो ।

सोही पार्टीका पद्माकुमारी अर्यालले सरकारले अद्यावधिक गरिएको नक्सालाई व्यवहारमा नै कार्यान्वयन गर्ने सन्दर्भमा सरकार चुकेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकता नदिएको पनि बताउनुभयो ।

एमालेकै अर्का सांसद कृष्णभक्त पोखरेलले ११ महिनामा ११औँ पटक पेट्रोलियम पदार्थको मूल्य बढेको कुरामा कार्यक्रम बोल्न नसकेको र किसानको मलको सुनिश्चितताका विषमया कुनै दृष्टिकोण नभएको दाबी गर्नुभयो ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा डिला सङ्ग्रौला पन्तले यौन अपराधका घटना बढिरहेकाले हदम्यादलाई बढाउन माग गर्नुभयो । महिलाको स्वास्थ्यमा गम्भीर हुन पनि उहाँले आग्रह गर्नुभयो । नेपाली कांग्रेसका प्रकाश रसाइलीले उत्पादन क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो ।

कांग्रेसकै सांसद दिव्यमणि राजभण्डारीले नीति तथा कार्यक्रम क्रान्तिकारी रहेको बताउँदै उहाँले साना तथा मझौला उद्योगलाई पनि प्रोत्साहन हुने गरी कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका अर्का सांसद मीनबहादुर विश्वकर्माले मूल्यवृद्धिलाई रोक्न नसकिए पनि व्यवस्थापन गर्न सकिने बताउनुभयो । व्यापार घाटा कम गर्नलाई उत्पादन भएका विद्युत्लाई ग्रामीण भेगसम्म पु¥याउँदै महसुलमा छुट दिएर हरेक घरमा एक–एक इन्डक्शन चुल्हो दिन सकियो भने समस्या समाधान हुने बताउनुभयो ।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का सांसद देवबहादुर गुरुङले सङ्घीयता कार्यान्वयन कृषि र औद्योगिक उत्पादनमा जोड दिनु, पूर्वाधार निर्माण र कर प्रणाीमा सुधार गर्ने कुरा सकारात्मक रहेको बताउनुभयो । उहाँले केही कमी–कमजोरीलाई सुधार गरेर नीति तथा कार्यक्रमलाई समृद्ध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सार्वजनिक क्षेत्रलाई नेतृत्वदायी र निजी क्षेत्रलाई सहयोगीको रूपमा अघि बढाउनु जरुरी रहेको बताउँदै उहाँले कृषि र उद्योगको विकास गरी आयातित वस्तु नियन्त्रणमा ध्यानाकर्षण गराउनुभयो । पेट्रोलियम पदार्थको विकल्पको रूपमा ऊर्जाको विकास जरुरी रहेको उहाँले बताउनुभयो । सांसद गुरुङले मुलुकभित्रै रोजगारी सिर्जनामा जोड दिनुभएको छ । वैदेशिक रोजगारीमा जान प्रेरित गरेको देखिएकाले सुधार आवश्यक भएको उहाँले बताउनुभयो ।

माओवादी केन्द्रकै सांसद गजेन्द्रबहादुर महतले पाँच लाख युवालाई कृषि उत्पादन र पशुपालनका लागि अनुदान दिन सकारकारसँग माग गर्नुभयो । सोही पार्टीका सांसद जयपुरी घर्तीले कृषिमा लगानी बढाउँदै रोजगारी सिर्जना गर्ने तथा कृषि क्षेत्रलाई यान्त्रीकरणमा लैजान र नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र रोजगारलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेकपा ९माओवादी केन्द्र० का सांसद दिलकुमारीले नागरिकताको समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

सत्ता सझेदार दल नेकपा ९एकीकृत समाजवादी०का नीरादेवी जैरुले युवा स्वरोजगारको नाममा नगरपालिकाको वरपरका झार फालेर युवा रोजगार हुन नसक्ने भएकाले त्यसतर्फ ध्यानाकर्षण गर्नुभयो । उहाँले इन्धन महङ्गाइलाई नियन्त्रण गर्न लगाइएका कर घटाउन अनुरोध गर्नुभयो । सोही पार्टीका पार्वतीकुमारी विशुन्केले खाद्य सङ्कट बढ्दै गएको भए पनि नीति तथा कार्यक्रम नबोलेको बताउनुभयो ।

बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरू सुदन किराँती, गणेशसिंह ठगुन्ना, मीना सुब्बा, गोमा देवकोटा, सत्यनारायण शर्मा खनाल, कमला रोका, विष्णु शर्मा, रङ्गमति शाही, दुर्गाकुमारी विक, राजबहादुर बुढा, लक्ष्मी परियार, रामकुमारी चौधरी, थममाया थापा, महिन्द्रकुमारी लिम्बू, यशोदा गुरुङ सुवेदी, मोहन बानियाँले भाग लिनुभएको थियो ।

यस्तै सांसदहरू सुजाता परियार, सुरेशकुमार राई, झपटबहादुर रावल, सञ्जयकुमार गौतम, रेखा शर्मा, नवीना लामा, रामेश्वरराय यादव, पवित्रा निरौला खरेल, देवप्रसाद तिमिल्सिना, सत्य पहाडी, पदम गिरी, रामबहादुर विष्ट, मायादेवी न्यौपाने, पार्वता डिसी चौधरी, नारायण मरासैनी, सुवर्ण ज्वारचन, मैनाकुमारी भण्डारी, चित्रलेखा यादव, नरबहादुर धामी, यज्ञवहादुर बोगटी, नवराज राउतले छलफलमा भाग लिनुभएको थियो ।