२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोरलाई हराउँदै राजस्थान आईपीएलको फाइनलमा, बटलरको शतक



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सले एकतर्फी जित हात पारेको छ ।

यो जितसँगै सञ्जु सामसनको नेतृत्वमा रहेको राजस्थानको टोली १४ वर्षपछि आईपीएलको फाइनलमा पुग्न सफल भएको छ । अब उसले उपाधि खेलमा आइतबार गुजरात टाइटन्सको सामना गर्नेछ ।

रोयल च्यालेन्जर्स बैंग्लोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा तीन विकेटको क्षतिमा पुरा गरेको थियो । जोस बटलरले फेरि एक पटक म्याच जिताउने इनिङ्स खेले र ६० बलमा १०६ रन बनाएर अविजित रहे ।

राजस्थानका लागि प्रसिद्ध कृष्णा र ओबेद म्याकोयले तीन–तीन विकेट लिए ।

रोयल च्यालेन्जर्स बैंग्लोरले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै राजस्थान रोयल्सले बलियो सुरुवात गरेको थियो । जोस बटलर र यशस्वी जैसवालले पहिलो विकेटका लागि ३१ बलमा ६१ रनको साझेदारी गरे । १३ बलमा २१ रन बनाएर यशस्वी हेजलउडको शिकार बने ।

त्यसपछि बटलरले इनिङ्सलाई अगाडि बढाए र द्रुत ब्याटिङ गर्दै २३ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनले दोस्रो विकेटका लागि सञ्जु सामसनसँग ३९ बलमा ५२ रनको साझेदारी गरे । १२औं ओभरमा २१ बलमा २३ रन बनाएर सामसन पेभिलियन फर्किए । त्यसपछि बटलरले तीव्र ब्याटिङ गर्दै ५८ बलमा सिजनको चौथो शतक पूरा गरे । उनले १९ औं ओभरमा हर्षल पटेललाई छक्का प्रहार गर्दै राजस्थानलाई एकतर्फी जित दिलाए ।

यसअघि राजस्थान रोयल्सले टस जितेर बैंगलोरलाई ब्याटिङको निम्तो दिएको थियो । बैंगलोरको सुरुवात फेरि खराब रह्यो र विराट कोहली दोस्रो ओभरमा ७ रन बनाएर पेभिलियन फर्किए । तर, कप्तान फाफ डु प्लेसिस र रजत पाटीदारले दोस्रो विकेटका लागि बलियो साझेदारी गरे । उनीहरुले ५३ बलमा ७० रन जोडे ।

डु प्लेसिस ११ औं ओभरमा २७ बलमा २५ रन बनाएर आउट भए । यस्तै, ग्लेन म्याक्सवेलले तीव्र पारी खेल्दै १३ बलमा २४ रन बनाए पनि ठूलो पारी खेल्न सकेनन् । उनी १४ औं ओभरमा ट्रेन्ट बोल्टबाट आउट हुन पुगे ।

अर्कोतर्फ रजतले उत्कृष्ट ब्याटिङ गर्दै १५ औं ओभरमा ४० बलमा अर्धशतक पूरा गरे । पाटीदारले ४२ बलमा ५८ रन बनाएपछि १६ औं ओभरमा उनलाई अश्विनले आउट पारेका थिए । उनी आउट भएपछि एक समयमा ठूलो स्कोरतर्फ अघि बढेको बैंगलोरको टोली लज्जित हुँदै गएको थियो र १५७ रन मात्रै बनाउन सक्यो । प्रसिद्ध कृष्णा र ओबेद म्याकोयले अन्तिम ओभरमा सानदार बलिङ गर्दा आरसीबीका ब्याट्सम्यानलाई रन बनाउनबाट जोगाए ।

दुवैको अगाडि बैंगलोरको टोलीले अन्तिम ५ ओभरमा ३४ रन मात्र बनाउन सके र यस क्रममा चार ठूला विकेट पनि गुमायो ।

फाइनल खेलः राजस्थान रोयल्स भर्सेस गुजरात टाइटन्स
समय – आइतबार ८ः१५ बजे, नरेन्द्र मोदी स्टेडियम – अहमदाबाद




भर्खरै