५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकायो’



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकाएको बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यता र राष्ट्रिय हित विपरितका कुराहरुलाई लुकाउने प्रयास गरेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणको क्रममा ईपिजी प्रतिवेदन र चुच्चे नक्साको कुरा नगर्नु खेदजनक भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो नीति तथा कार्यक्रममा सरकारले परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको चरम अयोग्यता र राष्ट्रिय हित विपरितका कुराहरुलाई लुकाउने प्रयास गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाजीले भारत भ्रमणका समयमा आफ्ना कुरा उठाउन सक्नुभएन । म लज्जाबोध गर्दछु । त्यहाँ उहाँको लाचारीपूर्ण उपस्थिति मात्रै रह्यो । यो आरोप फत्तुर होइन, एउटा दुर्भाग्यपूर्ण यथार्थ के हो भने हाम्रो प्रधानमन्त्रीजीको उपस्थिति त्यस्तो रह्यो जसमा हामी दुःख व्यक्त गर्न सक्छौँ । नेपाल–भारत दुवै देशका सरकारका प्रतिनिधिहरुको तर्फबाट सहमतीमा तयार गरिएको ईपिजीको अनिश्चित बनाउन खोजिएको प्रतिवेदन तथा नेपालको चुच्चे नक्सा जस्ता महत्वपूर्ण विषयमा प्रधानमन्त्रीजीले चूँ सम्मपनि गर्नुभएन । यो खेदजनक कुरा थियो ।’

उहाँले पछिल्लो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको उपस्थिति लज्जाजनक भएको बताउनुभयो । त्यसैगरी उहाँले सरकार एक चिन नीतिको विपरित अगाडी बढेको हो ? भन्ने प्रश्न समेत गर्नुभयो । अमेरिकी विदेश सहायक मन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बति शरणार्थीलाई भेट्न दिएको प्रति उहाँले आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो – ‘छिमेकी मुलुक चिनको विदेशमन्त्रीको नेपालमा गरिएको औपचारिक भ्रमणका समयमा नेपालका तर्फबाट विगतमा आफैँले सहमती गरेका बिआरआईका बारेमा केही बोलिएन । त्यसप्रति असहमती देखाइयो । पूर्वसहमती तथा समझदारीलाई वेवास्ता गर्ने काम गरियो । यस्तो काम शंका उठ्छ सभामुख महोदय कुनै शक्तिको इशारामा त गरिएको थिएन ? प्रश्न उठेको छ । के अब नेपालले सधैँभरी लिदै आएको एक चिन नीति विपरित आफुलाई अगाडी बढाएको हो ? होइन भने कुनै एउटा मुलुकको सहायकमन्त्रीको भ्रमणका अवसरमा तिब्बती शरणार्थी, ति तिब्बती शरणार्थीको आवरणमा कस्ता गतिविधिहरु प्रोत्साहित हुन्छ हामी सबैलाई थाहा छ, त्यो शिविरमा भेटघाट गर्न अनुमति दिने र त्यो आपत्तिजनक कामका बारेमा जिज्ञासा राखिदा परराष्ट्र मन्त्रालयका प्रवक्ताले आफुहरुलाई थाहा नभएको भनि गैरजिम्मेवार जवाफ दिने काम कसरी गरियो ?’

उहाँले एमालेलाई हमला गरेर सिध्याउने र स्थानीय तहको निर्वाचन नगरेर डरलाग्दो रिक्तता सिर्जना गर्ने सत्तारुढ गठबन्धनको योजना असफल भएको बताउनुभयो ।