९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बालेन्द्र साह परिवर्तनको संकेत – राजेन्द्र महतो

बालेन्द्र साह परिवर्तनको संकेत – राजेन्द्र महतो
अ अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद राजेन्द्र महतोले काठमाडौं महानरगमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साह परिवर्तनको संकेत भएको बताउनु भएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद महतोले काठमाडौंमा स्वतन्त्र उम्मेदवार विजयी हुनु परिवर्तनको संकेत भएको बताउनु भएको हो । उहाँले जनताले परिवर्तन खाजेको भएपनि राजनीतिक दलहरुले पूरा गर्न नसक्दा यो अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले नेपालमा शोषण र उत्पीडनको पापको घडा भरिसकेको भन्दै अब परिवर्तनको विकल्प नरहेको जिकिर गर्नुभयो ।

सांसद महतोले भन्नुभयो, ‘सभामुख महोदय काठमाडौंमा बालेन साह के हो ? परिवर्तनको संकेत हो । जनताले खोजेको परिवर्तन, त्यो संकेत हो । आज म काठमाडौंवासीलाई यही मञ्चबाट बधाई दिन्छु, परिवर्तनको संकेत बालेन साहलाई बधाई दिन चाहन्छु । परिवर्तनको संकेत हो त्यो अरु केही होइन । नेपालमा पापको घडा भरिसक्यो, भरिएपछि फुट्छ । शोषण, उत्पीडनको घडा भरिसक्यो, अब परिवर्तन हुन्छ, राष्ट्रिय मुक्ति, क्रान्ति हुन्छ ।’

सांसद महतोले नेपाल विकास र समृद्धिमा पछि परिरहेको उल्लेख गर्दै यसको बारेमा छलफल र समीक्षा हुन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली जनताले खोजेको समृद्धि र विकासलाई शासक वर्गहरुले सत्ता र कुर्सीमा सिमित गरेको आरोप लगाउनु भयो । सांसद महतोले नेपालमा लोकतन्त्रको दुरुपयोग भएकोले अब सोच्ने बेला आएको बताउनु भयो ।

सांसद महतोले भन्नुभयो, ‘के भइरहेको हो यो ? २०१३ सालेदेखि पञ्चवर्षीय योजना बनिरहेको छ । २००७ सालदेखि वार्षिक बजेट बनिरहेको छ । ७० वर्षदेखि वार्षिक बजेट बन्दै आएको हो । यो देशको विकासको लागि विकासमा छलाङ लगाउनलाई आर्थिक वर्षको बजेट बनाइन्छ । ७० वर्षमा सरकारले ल्याएका योजना, बजेट, नीति खै के भयो ? नेपाले विकासको छलाङ लगायो कि लगाएन ? ७० वर्ष पहिला र आजको अवस्थामा के परिवर्तन छ ? यो संसदमा जनताको ध्यान एक प्रतिशत पनि छ ? के हो यो, कहिले साच्ने यसमा छलफल हुनुपर्दथ्यो । हामी दुर्गति, दुनियाँ सफलतातिर जाने कारण के हो त्यसको उपचार गर्नुपर्छ ।

नेपाललाई प्रकृतिले वरदान दिएको छ तर हामीले किन काम गर्न सकेनौँ । शासन गर्नेले लामो भाषण गरेर मात्रै हुन्छ, जनतालाई गुमराहमा पार्ने मात्रै ? नेपाली जनतालाई गोलचक्करमा राख्न मिल्दैन, यसमा समीक्षा हुनुपर्छ । नेपाली जनताले समृद्धि खोजेको हो, विकास खोजेको हो । देश र जनताको विकासको लागि राजनीति गर्ने हो तर यहाँ त सत्ता र कुर्सीको लागि भइरहेको छ । नेपाली जनताप्रति अन्याय भइरहेको छ, यसबाट नेपाली जनताले मुक्ति पाउनुपर्छ । सबैले सोचौँ । लोकतन्त्रको दुरुपयोग नेपालमा भएको छ ।’

सांसद महतोले शासक वर्गले नेपाली जनताप्रति अन्याय गरिरहेको भन्दै नेपाली नागरिकलाई उन्मुक्ति दिन आवश्यक रहेको बताउनु भयो ।