• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु ★   विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी अलराउन्डरले भने– यो पाकिस्तान क्रिकेटको सबैभन्दा तल्लो स्तर हो

‘सरकारको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदको चुनावलक्षित कार्यक्रम मात्रै’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनावलक्षित कार्यक्रम मात्रै भएको आरोप लगाउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रममा रासायनिक मल किन्न नपाएका किसानले अर्को वर्ष पाउने सुनिश्चितता नभएको जिकिर गर्नुभयो । उहाँले शैक्षिक सत्र शुरु भइसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दै नीति तथा कार्यक्रममा अर्को वर्ष समयमै पाठ्यपुस्तक पाउने नीति नसमेटिनु दुःखद् भएको बताउनु भयो ।

सांसद लिङदेनले भन्नुभयो, ‘मैले नीति तथा कार्यक्रम कसरी बन्छ भनेर विगत ५ वर्ष यता हेरिरहेको छु । पाचौं पटक प्रधानमन्त्री हुने मौका पाउनुभएका प्रधानमन्त्रीले वा आफ्नो सरकारले अहिले नीति तथा कार्यक्रम प्रश्तुत गर्दा नीति तथा कार्यक्रममा आफ्नो जिल्लामा मेडिकल कलेज स्थापना गर्ने ल्याउनु भयो । मन्त्रीजीहरुको जिल्लामा ठूला ठूला बाटोहरु बनाउने नीति कार्यक्रममा छ । देशको नीति कार्यक्रम यही हो ? मैले यसो सम्झन्छु, यो नीति कार्यक्रमभित्र मैले मेरो गाउँका मानिसहरु वर्षा लाग्यो, खेतीबाली लगाउने बेला भयो, पैसा तिरेर एक बोरा युरियाको मल किन्न पाउँदैनन् । तिनीहरुको बारेमा यो नीति कार्यक्रममा कहाँ छ कुरा । अर्को साल मल पाउने कुराको सुनिश्चितता कहाँ छ ? कहीँ देखिन्न नीति कार्यक्रमले त्यस्तो विषयहरु छुनु पर्छ कि पर्दैन ? प्राथमिकताहरु कसरी निर्धारण हुन्छन् ? हाम्रो देशको प्राथमिकता के हो ? हामीले हाम्रो देशको प्राथमिकता यो हो भनेर भन्ने सबैभन्दा माथिको ठाउँ कहाँ हो ? शैक्षिक सत्र शुरु भइसक्यो, पाठ्यपुस्क विद्यालयमा पुगेको छैन । अर्को साल विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउनेछन् भन्ने सुनिश्चितता खै ? त्यतातिर त गएन, चुनाव आउँदैछ त्यसैले सबैले आफ्नो आफ्नो योजना टिपाइहालौँ भनेर नीति कार्यक्रममा टिपाएको छ ।’

सांसद लिङदेनले देशको अहिलेको प्राथमिकतालाई निर्वाचनमुखी कार्यक्रमको संज्ञा दिनुभयो ।