७ श्रावण २०८३, बिहीबार
,
Latest
दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व. पत्रकार सेनको सम्झनामा अक्षयकोष



अ+ अ-

फुङ्लिङ । कृष्ण सेन ‘इच्छुक’को आज २०औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल ताप्लेजुङले अक्षयकोष स्थापना गरेको छ ।

कोषमा रु दुई लाख जम्मा गरिएको छ । उक्त कोषको ब्याजबाट प्रत्येक वर्ष सेनको स्मृति दिवसमा जिल्लामा क्रियाशील एक पत्रकारलाई पुरस्कार प्रदान गरिने सेन्टरका जिल्ला उपाध्यक्ष राजकुमार गुरुङले जानकारी दिनुभयो ।

सेन्टरका जिल्लाध्यक्ष जीवन कालीकोटेले कोष घोषणा कार्यक्रममा अर्को वर्षबाट ताप्लेजुङलाई कार्यक्षेत्र बनाई पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारलाई सम्मान गर्ने निर्णय भएको बताउनुभयो ।

सेन्टरका केन्द्रीय सदस्य चन्द्रबहादुर पन्दाकले सेनको सम्मानमा स्वतःस्फुर्तरुपमा अक्षयकोष स्थापना भएको बताउँदै कोषमा रकम वृद्धिका लागि सबै इच्छुक व्यक्तिले जम्मा गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) १ नं प्रदेश सचिवालय सदस्य तथा ताप्लेजुङ सहइञ्चार्ज मिङ्माडण्डु शेर्पाले द्वन्द्वकालको समयमा हत्या गरिएका सेनको नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा योगदान रहेको बताउनुभयो ।

विसं २०५९ जेठ १३ गते प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला सेनको हत्या भएको थियो । विसं २०१३ कात्तिकमा भारतको देहरादुनमा जन्मिएका सेन जनादेश साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो ।