• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै ★   तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी ★   देशभर नै बदली, कोशी प्रदेशमा हावाहुरीसहित वर्षा हुँदै ★   खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना ★   कोशी प्रदेशमा छैठौं पटक सरकार गठनका लागि आह्वान ★   हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज ★   बायर्नलाई हराउँदै रियल मड्रिड च्यम्पियन्स लिगको फाइनलमा ★   हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद ★   सरकारले सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने ★   सन्दिप प्रकरण: आफू बिरुद्ध ‘नियोजित षडयन्त्र गर्नेलाई’ कानूनी दायरामा ल्याउने पारस खड्काको चेतावनी

अमेरिकी उपमन्त्रीको तिब्बती शरणार्थी शिविरमा भएको भ्रमणप्रति विप्लव नेतृत्वको नेकपाको आपत्ति



file

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हालै नेपालस्थित तिब्बती शरणार्थी शिविरमा अमेरिकी उपमन्त्रीले गरेको भ्रमणप्रति आपत्ति प्रकट गरेको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा यही जेठ ११ गते अमेरिकी उपमन्त्री अजरा जियाले नेपालस्थित तिब्बती शरणार्थी शिविरमा भ्रमण गरेको विषयप्रति पार्टीको गम्भीर ध्यान आकर्षित भएको उल्लेख छ ।

नेपाल भ्रमणमा आएकी अमेरिकी उपमन्त्रीले दुई देश र दुई सरकारसँग सम्बन्धित कार्य गर्नुको सट्टा अति संवेदनशील रहेको तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्न जानु भनेको नेपालको राष्ट्रिय स्वाधीनता र कूटनीतिक मर्यादा बाहिरको कार्य भएको सो पार्टीले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो कार्य नेपाली जनताका लागि घोर आपत्तिको विषय हो, यो कूटनीतिक मर्यादाविपरीत कार्यको हाम्रो पार्टी कडा विरोध गर्दछ ।” विज्ञप्तिमा नेपाल सरकारलाई अमेरिकी उपमन्त्री तिब्बती शरणार्थी शिविरमा कसले किन लगेको हो भन्दै लैजानुको कारणबारे नेपाली जनतासमक्ष स्पष्ट जानकारी गराउन विशेष माग गरिएको छ ।