• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी राष्ट्रपति पौडेल ★   के हो ‘स्लीप डिभोर्स’, सम्बन्धमा राम्रो कि नराम्रो ? ★   वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु ★   चालक दलका सदस्य एकाएक विरामी, एयर इन्डियाका ७० उडान रद्द ★   सुनकोशी–मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास ★   जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री यादबको गुनासो: सरकारले नै पार्टी फुटायो ★   बुबाको मार्गदर्शन अनुसार अघि बढ्छु: सांसद नेम्वाङ ★   नटआउट थिए, खुट्टाले दुई पटक बाउन्ड्री छोयो… सामसनको विकेटमा सिद्धुको बयान ★   अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला ★   चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

अमेरिकी उपमन्त्रीको तिब्बती शरणार्थी शिविरमा भएको भ्रमणप्रति विप्लव नेतृत्वको नेकपाको आपत्ति



file

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हालै नेपालस्थित तिब्बती शरणार्थी शिविरमा अमेरिकी उपमन्त्रीले गरेको भ्रमणप्रति आपत्ति प्रकट गरेको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा यही जेठ ११ गते अमेरिकी उपमन्त्री अजरा जियाले नेपालस्थित तिब्बती शरणार्थी शिविरमा भ्रमण गरेको विषयप्रति पार्टीको गम्भीर ध्यान आकर्षित भएको उल्लेख छ ।

नेपाल भ्रमणमा आएकी अमेरिकी उपमन्त्रीले दुई देश र दुई सरकारसँग सम्बन्धित कार्य गर्नुको सट्टा अति संवेदनशील रहेको तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्न जानु भनेको नेपालको राष्ट्रिय स्वाधीनता र कूटनीतिक मर्यादा बाहिरको कार्य भएको सो पार्टीले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो कार्य नेपाली जनताका लागि घोर आपत्तिको विषय हो, यो कूटनीतिक मर्यादाविपरीत कार्यको हाम्रो पार्टी कडा विरोध गर्दछ ।” विज्ञप्तिमा नेपाल सरकारलाई अमेरिकी उपमन्त्री तिब्बती शरणार्थी शिविरमा कसले किन लगेको हो भन्दै लैजानुको कारणबारे नेपाली जनतासमक्ष स्पष्ट जानकारी गराउन विशेष माग गरिएको छ ।