३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी उपमन्त्रीको तिब्बती शरणार्थी शिविरमा भएको भ्रमणप्रति विप्लव नेतृत्वको नेकपाको आपत्ति



file
अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हालै नेपालस्थित तिब्बती शरणार्थी शिविरमा अमेरिकी उपमन्त्रीले गरेको भ्रमणप्रति आपत्ति प्रकट गरेको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा यही जेठ ११ गते अमेरिकी उपमन्त्री अजरा जियाले नेपालस्थित तिब्बती शरणार्थी शिविरमा भ्रमण गरेको विषयप्रति पार्टीको गम्भीर ध्यान आकर्षित भएको उल्लेख छ ।

नेपाल भ्रमणमा आएकी अमेरिकी उपमन्त्रीले दुई देश र दुई सरकारसँग सम्बन्धित कार्य गर्नुको सट्टा अति संवेदनशील रहेको तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्न जानु भनेको नेपालको राष्ट्रिय स्वाधीनता र कूटनीतिक मर्यादा बाहिरको कार्य भएको सो पार्टीले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो कार्य नेपाली जनताका लागि घोर आपत्तिको विषय हो, यो कूटनीतिक मर्यादाविपरीत कार्यको हाम्रो पार्टी कडा विरोध गर्दछ ।” विज्ञप्तिमा नेपाल सरकारलाई अमेरिकी उपमन्त्री तिब्बती शरणार्थी शिविरमा कसले किन लगेको हो भन्दै लैजानुको कारणबारे नेपाली जनतासमक्ष स्पष्ट जानकारी गराउन विशेष माग गरिएको छ ।