१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु

वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु
अ अ+ अ-

सिरहा । एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले सखाप पारेको देख्दा गङ्गादेवी चौधरीको मन नमज्जाले कुडिन्छ ।

वर्षभरि खाने अन्न र तरकारीबाली जङ्गली जनावरले एकैदिनमा सखाप पारेपछि सिरहाको लहान नगरपालिका—१६ स्थित तरेगणाकी गङ्गादेवी अब बिहान बेलुकाको छाक टार्ने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्छ । “वर्षभरी खोने अन्न र तरकारी खेती बँदेल र नील गाईले सखाप गरे । दुम्सी र बाँदरले पनि हैरान पारिरहेका छन् । हुर्किदै गरेका बालीनालीका कलिला मुन्टानै खाइदिएपछि अब कसरी उब्जनी हुन्छ । यहाँ त बालिनाली जोगाउनै मुस्किल भयो हजुर”, गङ्गादेवीले भन्नुभयो । उहाँका अनुसार वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारीलगायत अन्य फलफूलका बिरुवामा समेत क्षति पुर्याएको छ ।

सोही स्थानका सुकदेव चौधरीलाई पनि आफ्नो व्यावसायिक फलफूल बगैचामा बिरुवा हुर्काउन र फल जोगाउन मुस्किल छ । पछिल्लो समय वन्यजन्तु खेतबारीमा पसेपछि निकै हैरानी खेप्नुपरेको उहाँको भनाइ छ । “लिच्ची र आँपको मात्र करिब दुई सय बिरुवा लगाएको छु । त्यसैगरि अन्य फलफूलको बिरुवा हुर्किंदै छन् तर जङ्गली जनावरबाट जोगाउनै मुस्किल भयो,” चौधरीले भन्नुभयो,“सामान्य विद्युतीय झड्का दिने तारबारले घेर्दा पनि समस्या सुल्झिन सकेको छैन । अब त स्थानीय सरकारले केही उपाय निकालेर हाम्रा बालिनाली जोगाइ दिनुपर्यो ।”

पछिल्लो समय सिरहाका दर्जनौँ सामुदायिक वनमा आगलागी हुँदा वन्यजन्तु आहारा र बासस्थानको खोजीको लागि बस्ती छिरेका छन् । त्यसैले स्थानीयलाई बालिनाली जोगाउन हम्मेहम्मे परेको वडाध्यक्ष गडुलबहादुर गर्जामगरले जानकारी दिनुभयो । उहाँका अनुसार चैत नलाग्दै सुरूभएको डढेलो अहिले पनि आक्कलझुक्कल लागिरहेकै छ । स्थानीयबासीले आगोेबाट बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन् । त्यसैले अहिले नजिकैको वन उजाड भएका छन् । “आगोबाट बस्ती जोगाइयो तर अन्नबाली जोगाउन सकिएन । आगलागीपछि ज्यान जोगाउन खेतखलियान प्रवेश गरेका वन्यजन्तु र किसानका लागि भने हैरानीका कारण बनेका छन्”, वडाध्यक्ष गर्जामगरले भन्नुभयो,“डढेलो लागेपछि वनक्षेत्रमा खानेकुराको अभाव हुनु, बासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य वन्यजन्तु आहाराको खोजीमा बस्ती पसेका हुन् ।” उहाँका अनुसार अन्य समयमा पनि जङ्गली जनावर बस्ती छिरे पनि जङ्गलमा डढेलोपछि भने अहिले बाक्लै मात्रामा गाउँतिर पस्ने गरेको छन् ।

जङ्गल डढेलोले उजाड भएपछि कतिपय जङ्गली वन्यजन्तु गाउँघरका झाँडीतिर लुकेर बसेको अवस्थामा भेटिएको कोइरालो खोला नमुना सामुदायिक वनका अध्यक्ष रुद्रनारायण चौधरीले बताउनुभयो । निरन्तर लागेको डढेलोले वन्यजन्तुले जङ्गलमा आफूलाई असुरक्षित ठानी गाउँ पस्ने गरेको हुनसक्ने अध्यक्ष चौधरीको भनाइ छ । “मानवले वन्यजन्तुको घरमा असर पुर्‍याएपछि जङ्गली जनावर बस्तीतीर पस्नु स्वभाविकै हो । हामै्र सामुदायिक वनमा अहिलेसम्म तीनपटक डढेलो लागिसक्यो जसलाई नियन्त्रण गर्न हम्मेहम्मे पर्यो । अनि वन्यजन्तुले ज्यान जोगाउन त परिहाल्यो नि १” वनबाट बस्ती छिरेका वन्यजन्तुबाट बालिनाली जोगाउन र सिकारीबाट वन्यजन्तु जोगाउन निकै सकस भइरहेको बताउने चौधरीले अब स्थानीय तहले यस्ता क्रियाकलापमा सङ्लग्नहरूको पहिचान गरी कारवाहीको दायरामा ल्याउनुपर्नेमा आवश्यकता औल्याउनुभयो ।

यता जिल्ला वन कार्यालय सिरहा, लहानले भने विगत दुई महिनादेखि जङ्गलमा डढेलो नियन्त्रण गर्न समस्या भइरहेका बेला मङ्गलबार रातिदेखिको सामान्य मनसुनी वर्षाले केही राहत भएको बताएको छ । हालसम्म लहान नगरपालिकाको उत्तर चुरेतर्फ ४५ सामुदायिक वनमध्ये १२ वटा सामुदायिक वनको कूल ७० हेक्टर वनमा डढेलोले क्षति पुर्‍याएको कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

डढेलोका कारण बस्ती पसेर स्थानीयको बालीनालीमा क्षति पुर्याएका वन्यजन्तु र यही मौका छोपी वन जङ्गलमा चोरी सिकारी गर्नेमाथि वन कार्यालयले कडा निगरानी बढाएको सूचना अधिकारी चौधरीको भनाइ छ ।

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले डढेलो नियन्त्रण गर्न नगरले दमकल सेवासहित आवश्यक जनशक्ति अहोरात्र खटेका र वन्यजन्तुबारेको गुनासोमा पनि आवश्यक सतर्कता अपनाइने बताउनुभयो । “मंगलबार पनि वडा नं १५ स्थित बानो गाउँको सामुदायिक वनमा आगलागी भएको खबर पाउनासाथ जनशक्ति र बारुण यन्त्रसहित म आफैँ घटनास्थल पुगेँ । स्थानीयवासी, सामुदायिक वनका सदस्य र वारुणयन्त्रको मद्दतले आगलागी समयमै नियन्त्रणमा आयो । अहिले भने वर्षाले केही राहत भएको छ”, नगरप्रमुख चौधरीले भन्नुभयो ।

उहाँ वन्यजन्तुले यहाँका किसानको बाली र तरकारीमा गरेको नोक्सानीको उचित क्षतिपूर्तिका लागि नगरपालिकाले आवश्यक योजना अगाडि सार्ने बताउनुहुन्छ । “वनमा डढेलो लाग्दा वन्यजन्तु वस्तीमा पसेर दु:ख दिएको र बालिनालीमा क्षति पुर्याएको विषयमा गुनासा आइरहेका छन् । त्यस विषयमा नगरले उचित कदम चल्छ”, चौधरीको भनाइ छ । रासस