• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   मातातीर्थमा तिर्थालुको भीड- तस्बिरहरु ★   राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैन: महामन्त्री थापा ★   संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु: गृहमन्त्री लामिछाने ★   सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या ★   चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान ★   मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो ★   मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ ★   भारतीय मुलका क्रिकेटरलाई बलात्कार मुद्दामा सफाइ, अस्ट्रेलियाली महिलाले आरोप लगाएकी थिइन् ★   यी चीजहरू उपहारको रूपमा दिनाले सम्बन्धमा खटपट आउँछ ★   साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी राष्ट्रपति पौडेल

अमेरिकी उपमन्त्रीको तिब्बती शरणार्थी शिविरमा भएको भ्रमणप्रति विप्लव नेतृत्वको नेकपाको आपत्ति



file

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हालै नेपालस्थित तिब्बती शरणार्थी शिविरमा अमेरिकी उपमन्त्रीले गरेको भ्रमणप्रति आपत्ति प्रकट गरेको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा यही जेठ ११ गते अमेरिकी उपमन्त्री अजरा जियाले नेपालस्थित तिब्बती शरणार्थी शिविरमा भ्रमण गरेको विषयप्रति पार्टीको गम्भीर ध्यान आकर्षित भएको उल्लेख छ ।

नेपाल भ्रमणमा आएकी अमेरिकी उपमन्त्रीले दुई देश र दुई सरकारसँग सम्बन्धित कार्य गर्नुको सट्टा अति संवेदनशील रहेको तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्न जानु भनेको नेपालको राष्ट्रिय स्वाधीनता र कूटनीतिक मर्यादा बाहिरको कार्य भएको सो पार्टीले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो कार्य नेपाली जनताका लागि घोर आपत्तिको विषय हो, यो कूटनीतिक मर्यादाविपरीत कार्यको हाम्रो पार्टी कडा विरोध गर्दछ ।” विज्ञप्तिमा नेपाल सरकारलाई अमेरिकी उपमन्त्री तिब्बती शरणार्थी शिविरमा कसले किन लगेको हो भन्दै लैजानुको कारणबारे नेपाली जनतासमक्ष स्पष्ट जानकारी गराउन विशेष माग गरिएको छ ।