१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ
अ अ+ अ-

काठमाडौँ । प्रहरीले मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको गौरीगङ्गा नगरपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–७ झम्सिखेल बस्ने ४१ वर्षीय तेजराम चौधरी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार चौधरीले अमेरिका पठाइदिन्छु भन्दै केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानुपर्छ भनी भन्दै चारजना पीडितबाट पटकपटक गरी रु एक करोड १८ लाख ५९ हजार रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

निजले पीडितलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पुर्‍याएकामा त्यहाँको अध्यागमनले नक्कली कागजात भनी फिर्ता पठाएको, पीडितहरु नेपाल फर्केपछि पुन: दिल्ली पुर्‍याई होटलमा बन्धक बनाइएको र पीडितहरुले रु ३९ लाख बुझाएपछि होटलबाट मुक्त भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रनाम ढकालले जानकारी दिनुभयो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका चौधरीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।