• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई ★   गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने ! ★   भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई नि:शुल्क तालिम ★   खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै ★   सास्तीमा छन् निसेलढोरवासी ★   काँग्रेस महामन्त्री शर्माको प्रश्ताव: बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ ★   भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग ★   झण्डै १ अर्ब ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक

देउवालाई ओलीको प्रश्न गठबन्धन सरकारले एक चीन नीति छाडेको हो ?



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्री उज्रा जिया तिब्बती शरणार्थी क्याम्प गएकामा आपत्ति प्रकट गरेका छन् ।

प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सरकारले छद्म विदेश नीति लिएको भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे, “नेपाल एक चीन नीतिमा छ कि छैन ?”

ओलीले एउटा सहायक मन्त्री आउँदा सरकारको स्कर्टिङ लिएर गुम्बागुम्बामा कसरी पुग्न सक्छ भन्दै उनले प्रश्न गरे, “अमेरिकी सहायकमन्त्रीलाई गुम्बामा प्रवेश गर्न कसले अनुमति दियो ? किन अनुमति दियो ? छिमेक सम्बन्धप्रति हाम्रो इमान्दारी हुन्छ कि हुँदैन ?हाम्रो संविधानले भनेको तटस्थता यही हो ?”

उनले सरकारको परराष्ट्र नीति लाचार बनेको टिप्पणी गरे । छिमेकी राष्ट्रहरूको संवेदनशीलता र सन्तुलित सम्बन्धमा सरकारले ध्यान दिन नसकेको उनले आरोप लगाए ।