१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई ओलीको प्रश्न गठबन्धन सरकारले एक चीन नीति छाडेको हो ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्री उज्रा जिया तिब्बती शरणार्थी क्याम्प गएकामा आपत्ति प्रकट गरेका छन् ।

प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सरकारले छद्म विदेश नीति लिएको भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे, “नेपाल एक चीन नीतिमा छ कि छैन ?”

ओलीले एउटा सहायक मन्त्री आउँदा सरकारको स्कर्टिङ लिएर गुम्बागुम्बामा कसरी पुग्न सक्छ भन्दै उनले प्रश्न गरे, “अमेरिकी सहायकमन्त्रीलाई गुम्बामा प्रवेश गर्न कसले अनुमति दियो ? किन अनुमति दियो ? छिमेक सम्बन्धप्रति हाम्रो इमान्दारी हुन्छ कि हुँदैन ?हाम्रो संविधानले भनेको तटस्थता यही हो ?”

उनले सरकारको परराष्ट्र नीति लाचार बनेको टिप्पणी गरे । छिमेकी राष्ट्रहरूको संवेदनशीलता र सन्तुलित सम्बन्धमा सरकारले ध्यान दिन नसकेको उनले आरोप लगाए ।