२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुख्यमन्त्री पोखरेल र पाकिस्तानी राजदूतबीच भेटवार्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इश्लामिक गणतन्त्र पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच शुक्रबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र पाकिस्तानबीचको सम्बन्ध जनस्तरसम्म सदृढ रहेको भन्दै शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा द्विपक्षीय सहकार्य अझै बढाउनुपर्नेमा जोड दिनुभयो