© 2023
एजेन्सी । क्यानडाको लिबरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित गरेको छ । सत्ताधारी दलको नेता निर्वाचित भएसँगै उहाँ प्रधानमन्त्री ट्रुडोको उत्तराधिकारीका रूपमा सरकारको पनि नेतृत्व गर्नुहुनेछ । केन्द्रीय बैङ्कका पूर्व गभर्नर कार्नीले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वले क्यानडामाथि ‘अँध्यारा दिन’ को सुरूवात गरेको बताउनुभएको थियो ।