१५ श्रावण २०८३, शुक्रबार
,
Latest
पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड प्रदेशहरूको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडौँ। साउदी अरबका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान बिन अब्दुलअजिज अल साउद र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच बिहीबार जेद्दामा उच्चस्तरीय भेटवार्ता भएको छ ।

साउदी प्रेस एजेन्सीका अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्धको समीक्षा र क्षेत्रीय विकासका विविध आयामबारे छलफल हुनुका साथै विभिन्न क्षेत्रमा सहयोग विस्तारका लागि समझदारी पत्र आदानप्रदान गरिएको छ ।

दुई देशबीच भएका समझदारीहरूमा ऊर्जा क्षेत्रमा सहयोग, ‘साउदी–क्यानडा समन्वय परिषद्’ को स्थापना, र कृत्रिम बौद्धिकतामा लगानी तथा सीप विकास सम्बन्धी सम्झौताहरू समावेश रहेका छन् । यसै क्रममा बिहीवार नै जेद्दामा ‘साउदी–क्यानडा लगानी मञ्च’ समेत आयोजना गरिएको थियो ।

उक्त मञ्चमा दुवै देशका सरकारी निकाय, निजी कम्पनी र संस्थाहरूबीच थप १५ वटा समझदारी पत्र तथा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

मञ्चका सहभागीहरूले विशेष गरी वित्तीय सेवा, खानी, उन्नत उद्योग र कृत्रिम बौद्धिकता लगायतका क्षेत्रमा रहेका लगानीका अवसरहरूका बारेमा गहन छलफल गरेका थिए ।

साउदी अरबमा ५० भन्दा बढी प्रकारका खनिजहरू रहेको र यहाँको खनिज स्रोतको कुल मूल्य करिव २.५ ट्रिलियन अमेरिकी डलर बराबर रहेको अनुमान गरिएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल