© 2023
रसुवा। रसुवामा ६१ दशमलव ३८ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ५७ मतदान केन्द्रबाट कुल २५ हजार ४५८ मतदाताले मतदान गरेका छन् । जिल्लामा कुल ४१ हजार ४७१ मतदाता रहेका थिए । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार जिल्लाभर निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ