२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘प्रभावकारी कानुनले मात्रै विकासलाई सघाउँछ’

गलकोट। गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रभावकारी कानुनले विकासलाई सघाउने भएकाले कानुन निर्माण प्रक्रियामा मिडिया क्षेत्रबाट पर्याप्त सुझाव आउन आवश्यक रहेको बताउनुभयो । बागलुङमा आज आयोजित कार्यक्रममा उहाँले गण्डकी प्रदेशसभामा हाल मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने विषयमा छलफल भइरहेकाले यसमा पनि मिडियाबाट सकारात्मक सुझावको अपेक्षा रहेको बताउनुभयो ।