© 2023
काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोजकुमार केसीको सरुवा भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबीमा पठाउने निर्णय गरेको हो। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ नियुक्त भएपछि सीआईबीमा एआईजी पद खाली थियो। केसी यसअघि प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रदेश समन्वय विभागमा