९ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अवैध निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

रौतहट। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल बन्द गर्न निर्देशन दिनुभएको छ । आज रौतहटको गरुडा बजारमा सञ्चालित १० वटा अस्पतालको अनुगमनका क्रममा सबै अस्पतालमा कागजपत्र नभेटिएपछि बन्द गर्न निर्देशन दिनुभएको हो । गरुडाका १० वटै अस्पताल मापदण्ड विपरीत सञ्चालन गरेको भेटिएको मुख्यमन्त्री सिंहले बताउनुभयो