२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

अवैध निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

अवैध निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
अ अ+ अ-

रौतहट। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल बन्द गर्न निर्देशन दिनुभएको छ ।

आज रौतहटको गरुडा बजारमा सञ्चालित १० वटा अस्पतालको अनुगमनका क्रममा सबै अस्पतालमा कागजपत्र नभेटिएपछि बन्द गर्न निर्देशन दिनुभएको हो । गरुडाका १० वटै अस्पताल मापदण्ड विपरीत सञ्चालन गरेको भेटिएको मुख्यमन्त्री सिंहले बताउनुभयो ।

मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले गरुडा–५ शिवनगरमा रहेको आन्नद अस्पताल तथा अकुपञ्चर सेन्टर प्रालि, गरुडा सिटी अस्पताल प्रालि, अनामिका अस्पताल प्रालि, नेत्र ज्योति आइ अस्पताल, गौर आँखा अस्पताल, गरुडा अस्पताल, रोम अस्पताल प्रालि, होप अस्पताल प्रालि, सनसिटी अस्पताल र सरस्वती अस्पताल प्रालिको अनुगमन गरेको अनुगमन समितिका सदस्य सचिव तथा जनस्वस्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिनुभयो ।

अनुगमन गरेका सबै अस्पताल अवैध रहेको ठाकुरले जानकारी दिनुभयो । शिवनगरमा रहेको आन्नद अस्पताल तथा अकुपञ्चर सेन्टर प्रालिले गरुडा नगरपालिकाबाट २५ शय्याको अनुमति लिएर ५० शय्या सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाबाट १५ शय्याको मात्रै अनुमति दिने व्यवस्था छ ।

गत शनिबार पनि मुख्यमन्त्रीसहितको अनुगमन टोलीले चन्द्रनिगाहपुरको ११ वटा अस्पतालको अनुगमन गरेको थियो । जसमा १० वटा अस्पतालले अनुमति नलिएको भेटिएको थियो । रासस