९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नेपाली कांग्रेसले ३०१ पालिकामा प्रमुख वा अध्यक्ष जित्यो, एमालेको १८५

नेपाली कांग्रेसले ३०१ पालिकामा प्रमुख वा अध्यक्ष जित्यो, एमालेको १८५
अ अ+ अ-

काठमाडौंः स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक हुनेक्रम जारी छ । पछिल्लो विवरण अनुसार, नेपाली कांग्रेसले यस चुनावमा ३०१ वटा स्थानीय निकायमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेर पहिलाे दल बनेको छ ।

नेपाली कांग्रेस अझै २३ स्थानीय तहमा अग्रस्थानमा रहेको छ । उपमेयर वा उपाध्यक्ष तर्फ पनि नेपाली कांग्रेसले २७६ स्थान जितेर अग्रस्थान बनाएको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले शुक्रबार साँझसम्ममा १८५ स्थानमा विजयी भएको छ, र एमालेका १७ जनाले अझै अग्रस्थान बनाइरहेका छन् । उपमेयर वा उपाध्यक्ष पदमा पनि २१० जनाले विजय हासिल गरेका छन् भने २७ जनाले अग्रस्थान बनाइरहेका छन् ।

देशभर राम्रै नतिजा प्राप्त गरिरहेको भपनि नेकपा एमालेले कुनै पनि महानगरमा विजय वा अग्रता बनाउन सकेको छैन । एमालेका उम्मेदवारहरु सबै महानगरमा पछि छन् ।

यसअघि २०७४ को स्थानीय चुनावमा नेकपा एमालेले २९४ स्थानमा विजय हासिल गरेर पहिलो पार्टी बनेको थियो । नेपाली कांग्रेसले भने २६६ स्थान मात्र जितेको थियो । माओवादी केन्द्रले १०६ स्थान जितेको थियो तर यस पटक माओवादीले ११५ स्थान जितिसकेको छ । संघीय फोरमले ३०, राजपाले २५, फोरम लोकतान्त्रिकले ५ र अन्यले २३ स्थान जितेका थिए ।

त्यस्तै, चुनाव अघि कम आंकिएको नेकपा (माओवादी केन्द्र) र माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) ले आम अपेक्षाभन्दा फरक नतिजा ल्याएका छन् ।

माओवादी केन्द्रले ११७ जना प्रमुख वा अध्यक्ष जितेको छ भने ६ स्थानमा अझै अग्रता बनाइरहेको छ । माओवादीका १२० जनाले उपप्रमुख वा उपाध्यक्ष पदमा विजय हासिल गरेका छन् भने अझै ९ जनाले अग्रता बनाइरहेका छन् ।

नेकपा एस ले १५ स्थानमा प्रमुख वा अध्यक्ष पद जितेको छ भने ४ स्थानमा अग्रता कायम गरिरहेको छ । यस दलका तर्फबाट पोखरा महानगरपालिकामा धनराज आचार्यले अग्रता बनाइरहेका छन् भने हेटौंडा उपमहानगरपालिकामा मीना कुमारी लामाले प्रमुखमा विजयी भएकी छिन् ।

टुटफुटको राजनीति व्यहोरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीले पनि हालसम्म २३ वटा स्थानीय निकायका प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको छ । जसपाका अझै १० जना उम्मेदवारले मतगणना जारी रहेका स्थानीय निकायमा अग्रता बनाइरहेका छन् । जसपाले २५ स्थानमा उपमेयर वा उपाध्यक्ष जितिसकेको छ भने ६ पालिकामा अग्रता कायम राखेको छ ।

महन्थ ठाकुरले नेतृत्व गरिरहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १० वटा पालिकामा प्रमुख वा अध्यक्ष पद जितेको छ भने ६ वटामा अग्रता बनाइरहेको छ । यस दलले ९ जना उपमेयर वा उपाध्यक्ष जितिसकेको छ ।

राप्रपा, जनमोर्चा समेतका अन्य दल एवं स्वतन्त्र उम्मेदवारहरुले २६ वटा स्थानीय तहमा प्रमुख वा अध्यक्ष पद जितिसकेका छन् भने ६ जनाले अग्रता लिइरहेका छन् । जसमा काठमाडौंंमा वालेन्द्र साह, धरानमा हर्कराज राई र धनगढीमा गोपाल हमाल चर्चित छन् । मतगणनाको प्रवृत्ति हेर्दा यी तीनै उम्मेदवारले विजय हासिल गर्ने सम्भावना छ ।

अर्कातर्फ राप्रपा, कांग्रेस र माओवादीको गठबन्धनले झापाको दमक नगरपालिकामा विजय हासिल गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढाएका छन् । यस पालिकाको प्रमुखमा राप्रपाका राम कुमार थापा विजयी भएका छन् भने उपप्रमुखमा पनि नेपाली कांग्रेसकी रेगिना भट्टराई विजयी भएका छन् ।

पछिल्लो समय निर्वाचन आयोगले जनशक्ति बढाएर मतगणना गरिरहेको भए पनि मतगणनाको अन्तिम नतिजा प्राप्त हुन केही दिन लाग्ने अनुमान गरिएको छ ।