• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   देशभरका विपन्न नागरिकलाई नि:शुल्क उपचारका लागि काठमाडौं आउन मेयर बालेनको आह्वान ★   सहिद लखन थापाको सालिक निर्माण ★   इलामको मतगणना गर्न सर्वदलीय बैठक सुरु, बझाङको दिउँसो मात्रै ★   तराईमा आजदेखि पाँच दिनसम्म तातो हावा चल्ने, काठमाडौैं पनि तात्यो ★   तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका १५० आयोजना सोकेसमा ★   इलाम २ को मतगणना आज बिहानबाट थालिने ★   आईपीएलः शीर्ष स्थानको राजस्थान रोयल्सको आठौं जित, लखनउलाई ७ विकेटले हरायो ★   नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत ★   दिल्लीले मुम्बईलाई १० रनले हरायो ★   विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ–रोहित

मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलमुताइरीलाई हटाउन छानविन समितिको सिफारिस



काठमाडौं । फुटबल खेलाडी र प्रशिक्षकको विवाद छानविन गर्न बनेको समितिले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ ।

अखिल नेपाल फुटबल संघद्धारा गठित तीन सदस्यीय समितिले कतारसँग समन्वय गरेर राष्ट्रिय टिमका वर्तमान मुख्य प्रशिक्षक अलमुताईरीलाई परिवर्तन गर्न सिफारिस गरेको हो ।

समितिमा भुतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेका छन् ।

राष्ट्रिय फुटबल टिमका सिनियर १० खेलाडीले एफसी कप छनोटको बन्द प्रशिक्षण छाडेर बाहिर निस्किएपछि घटना सार्वजनिक भएको थियो । उपकप्तान रोहित चन्द सहितका खेलाडीले प्रशिक्षणको क्रममा राम्रो बस्न र खानको प्रबन्ध गर्न अनुरोध गरेपछि प्रशिक्षक अलमुताईरीले चन्दलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए ।

खेलाडीले प्रशिक्षणको दौरान राम्रो प्रबन्धका लागि उपकप्तानलाई बोल्नका आफुहरुलेनै आग्रह गरेको धारणा प्रशिक्षकसँग राखेपछि अलमुताईरीले अपशब्द प्रयोग गरि थप सिनियर ९ खेलाडीलाई बन्द प्रशिक्षणबाट निकालेपछि विवाद थप चुलिएको थियो ।

छानविन समितिले एएफसी कप छनोटको समापनसँगै कतारसँग परामर्श गरेर प्रशिक्षक परिवर्तन गर्न एन्फालाई सुझाव दिएको हो ।

वर्तमान प्रशिक्षक अलमुताईरी जिम्मेवारी सम्हाल्न सक्षम नभएको समेत उल्लेख गरिएको छ ।