१३ असार २०८३, शनिबार
,
Latest
लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेस विजयी



अ+ अ-

गोरखा । गोरखा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले जितेका छन् । माओवादी केन्द्रका कृष्ण राना मगर आठ हजार ९६४ मत ल्याई नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजनराज पन्त सात हजार १०८ मत ल्याई पराजित भए ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित पन्तले रानालाई एक हजार ५३४ मतले पराजित गरेका थिए । अहिले रानाले पन्तलाई एक हजार ८५६ मतले पराजित गरेका छन् । नगर प्रमुखमा उम्मेदवारी दिएकी नेकपा (एमाले) की सम्झना देवकोटाले चार हजार १०९ मत प्राप्त गरिन् ।

नगर उपप्रमुखमा कांग्रेसकी उम्मेदवार मसली माया थोकर सात हजार ४५३ मत ल्याई निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का नारायण खत्रीले छ हजार ७१८ मत हासिल गरे ।

गोरखा नगरपालिका रहेका १४ वटा वडामध्ये वडा नं १, २, ९, १०, १२ र १३ वडाका अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

त्यस्तै माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले वडा नं ४, ७, ८, ११ र १४ तथा नेकपा एमालेका उम्मेदवारले वडा नं ३ र ५ मा विजय हासिल गरेका छन् । वडा नं ६ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।