२ भाद्र २०८३, मंगलवार
,
Latest
९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सस्तो शुल्कमा सोझै नेपाली बैंकको खातामा रकम पठाउन हाम्रोपात्रो मै रेमिटेन्स सेवा



अ+ अ-

काठमाडौँ । हाम्रोपात्रो एपले रेमिटेन्स सेवा शुरु गरेको छ । उक्त एपले शुक्रबारदेखि विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा थपेको हो ।

यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्ने भएको छ। अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिने हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिनुभयो ।

हाम्रोपात्रोको आईओएस र एन्ड्रोइड दुवै एपमा नयाँ अपडेटसँगै यो सुविधा थपिएको हो । तत्काल अमेरिकामा रहेका नेपालीका लागि उपलब्ध यो सेवा आगामी दिनमा क्रमशः अस्ट्रेलिया, जापान, दक्षिण कोरिया हुँदै अन्य मुलुकमा समेत विस्तार गरिने संस्थापक उप्रेतीले बताउनुभयो ।

‘हाम्रोपात्रो एपमार्फत प्रयोगकर्ता आफैँले रकम पठाउन सकिने भएपछि त्यसका लागि हाम्रो ओभरहेड (जनशक्तिमा लाग्ने खर्च) एकदमै कम हुन्छ,’ उहाँले भन्नुभयो, ‘जसले गर्दा न्यूनतम सेवा शुल्कमा विदेशबाट रेमिटेन्स नेपाल पठाउन सम्भव भएको हो ।

कम्पनीले हाल बजारमा उपलब्ध रेमिटेन्स सेवाको तुलनामा आफ्नो सेवा निकै सस्तो रहेको दाबी गरेको छ । रेमिट सेवा शुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत सार्वजनिक गरेको छ । जसअनुरूप दशैँ तिहारको अवसरमा प्रयोगकर्ताले हाम्रोपात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रुपमा रेमिटेन्स नेपाल पठाउन सक्नेछन् ।

तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने भन्दै कम्पनीले एक महिनाभित्र एपमा इन्स्टेन्ट (तुरुन्तातुरुन्तै) रकम ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध हुने जानकारी दिएको छ ।

रेमिटेन्स सेवाका लागि कम्पनीले सम्बन्धित देशका लाइसेन्स होल्डरसँग सहकार्य गरेको छ । प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ ।

साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ । तर सम्बन्धित देशमा रहेका प्रयोगकर्ताले मात्र एपमा रहेको उक्त फिचरमा पहुँच पाउन सक्ने जनाएको छ।