५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी



अ+ अ-

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन सुरु भएको छ ।

छ वटा वडा रहेको जिल्लाको बौँदीकाली गाउँपालिकामा तीन वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बौँदीकालीको मत परिणाम सार्वजनिक भएको तीन वटा वडामध्ये दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् भने एउटामा नेकपा (एमाले)का उम्मेदवारले जित निकालेका छन् । वडा नम्बर ६ बाट मतगणना सुरु गरिएको बौँदीकालीको वडा नम्बर ६ र ४ मा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् भने वडा नम्बर ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार बौँदीकाली–६ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार खुमकुमार सारु मगर विजयी हुनुभएको छ । उहाँले ७२९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।

त्यस्तै, बौँदीकाली–५ मा भने एमालेको प्यानल नै वियजी भएका छ । यहाँ वडाध्यक्षमा एमालेका खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको हो । उहाँले ४६२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका ओमबहादुर अस्लामी मगरले ३७४ मत प्राप्त गर्नुभयो ।

बौँदीकाली–४ को वडाध्यक्षमा कांग्रेसका मनबहादुर सारु मगर ८६८ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले ३८६ मत प्राप्त गर्नुभयो । यसअघिको स्थानीय तह निर्वाचन २०७४ मा बौँदीकालीको वडा नम्बर १, ३ र ४ कांग्रेसले जितेको थियो भने वडा नम्बर २, ५ र ६ एमालेले जितेको थियो । रासस